Comments Add Comment

पृथ्वी सुब्बा गुरुङ

List Grid
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत […]

‘सत्ताको दाउपेचमा मात्र केन्द्रित हुनु हाम्रो राजनीतिको दुखान्त’

सभामुख महोदय विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ बाट नेपाल अछुतो रहेन । यसबीच हामीले धेरै योग्य मानिसहरु गुमायौं र पीडा र शोकले आक्रन्त पनि भएका छौं। यस्तो असहज अवस्थामा पनि सरकारको बचाउ र विश्वाशको मत माग्न विवस भएको छु। कोरोनाका कारण मृत्यु भएका सबै जनहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु। साथै शोक सन्तप्त परिवार जनप्रति हार्दिक […]

वैशाखभर सत्ताको खेल, राजीनामा दिएको ७२ घण्टामै फेरि मुख्यमन्त्री

२९ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा नयाँ वर्षसँगै सुरु भएको सत्ताको खेल तत्कालका लागि पटाक्षेप भएको छ । र, मुख्यमन्त्रीबाट राजीनामा दिएका पृथ्वीसुब्बा गुरुङले ७४ घन्टा बित्न नपाउँदै फेरि मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा धारा १६८(३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । […]

गण्डकीमा मुख्यमन्त्री नियुक्त गुरुङले लिए शपथ

२९ वैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् । […]

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त

२९ वैशाख, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् । प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई […]

गण्डकीका विपक्षी दल भन्छन् : अब हाम्रो सरकार पक्का भयो !

२६ वैशाख, पोखरा । अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षी दलले मुख्यमन्त्री संसदबाट भागेको प्रतिक्रिया दिएका छन् । विगतमा अविश्वासको प्रस्तावको सामना गर्न नसकेर संसद अधिवेशन नै अन्त्य गरेका मुख्यमन्त्रीले फेरि संसद छल्न राजीनामा दिएको उनीहरुको भनाइ छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले […]

राजीनामाबारे गुरुङले भने : स्थिरता नचाहनेहरुको चलखेलले काम गर्ने वातावरण भएन

२३ वैशाख, पोखरा । आइतबार राजीनामा दिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थिरता नचाहनेहरुको अराजनीतिक चलखेलका कारण काम गर्न नसक्ने स्थिति आएको बताएका छन् । आइतबार राजीनामा दिएपछि एक वक्तव्य जारी गर्दै उनले स्थिरता नचाहने र विकास विरोधी तत्वको चलखेलका कारण एउटै घोषणापत्रबाट निर्वाचनमा गएको दलले समेत असहयोग गरेकाले काम गर्ने वातावरण नभएको उल्लेख गरेका […]

प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीको छिनोफानो एकै दिन

२३ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो आगामी सोमबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते नै संसदमा विश्वासको मत लिँदैछन् । ओलीकै निकट मुख्यमन्त्री गुरुङ नेतृत्वको प्रदेश सरकारको पनि त्यसै दिन छिनोफानो हुनेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) […]

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित भएका उनको अवस्था सामान्य रहेको प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बस्ने उनले बताए । मंगलबार उनी […]

पहिले प्रधानमन्त्रीको भविष्य हेर्न चाहन्छन् मुख्यमन्त्री गुरुङ

२१ वैशाख, पोखरा । अविश्वासको प्रस्तावबारे छलफल गर्न बोलाइएको गण्डकी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशन अनिश्चित बनेको छ । मंगलबार बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका विपक्षी दलले अविश्वास प्रस्तावलाई यसै हप्ता टुंगोमा पुर्‍याउनुपर्ने बताए । तर सत्तारुढ नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ पहिलो हप्ताअघि […]

राजनीतिक विकृतिको अर्को श्रृङ्खला : अविश्वास प्रस्ताव छल्न संसदमाथि हमला

२ वैशाख, काठमाडौं । संसदमा बहुमत गुम्ने वा आफूलाई असजिलो पर्ने संकेत देखियो कि त्यसैलाई सिध्याउन वा निष्प्रभावी बनाउने प्रयास प्रदेश सरकारहरुले पनि सिक्न थालेका छन् । बुधबार र बिहीबार गण्डकी प्रदेशमा भएका एकपछि अर्को गतिविधिबाट यसको पुष्टि हुन्छ । गण्डकी प्रदेशसभाको बैठक ६ गते १ बजेका लागि बोलाइएको थियो । नयाँ सरकार गठनको प्रयासमा […]

गण्डकीमा नयाँ सरकार गठनको प्रयास, तीन दल एक ठाउँमा उभिए

२७ चैत, पोखरा । प्रमुख विपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास थालेको छ । र, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरमराएको छ । माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्य थालेको हो । त्यसका लागि कुमार खड्काको नेतृत्वमा वार्ता कमिटी गठन गरेको छ […]

केन्द्रलाई ४८ हजार कर्मचारी किन चाहियो ? २० हजार भए पुग्छ : मुख्यमन्त्री गुरुङ

१३ चैत, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय पात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठन भएलगत्तै अधिकार, स्रोत, साधन, कर्मचारीको व्यवस्थापन नगरिदिएको भन्दै पटक पटक संघीय सरकारको आलोचना गरे । प्रदेश सरकारको अधिकार कुण्ठित गरेको भन्दै संघीय सरकारविरुद्ध सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला पनि गरे । २०७५ भदौ २१ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको भेलाले […]

विश्व बैंक र एडीबीमाथि खनिए मुख्यमन्त्री गुरुङ

१३ चैत, पोखरा । नगर विकास कोषले गण्डकी प्रदेशका पालिका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रम राखेको थियो । युरोपियन युनियनको सहयोगमा भएको कार्यक्रममा मुख्य वक्ता थिए, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । सहभागीहरुको अनुमान थियो, मुख्यमन्त्रीले पालिका र प्रदेशको सम्बन्धका राम्रा–नराम्रा पक्ष केलाउनेछन् । तर उनी दातृ निकायमाथि खनिएका छन् । दातृ […]

वर्तमान राजनीतिमा केपी ओलीलाई पराजित गर्ने कुनै नेता छैन

पार्टीमा विवाद र विभाजन भइरहँदा सर्वोच्चले अचानक पहिलो फैसला गर्‍यो, संसद पुनर्स्थापना । जसले प्रतिनिधि सभा विघटन गरेर चुनावको सिफारिस गरेको थियो, त्यो प्रधानमन्त्रीको जन्मदिनको अवसर पारेर, संयोग त्यस्तै पर्‍यो, उहाँलाई ‘सक्ड’ हुने गरी सर्वोच्चले सिफारिस बदर गर्‍यो । अस्ति भर्खर फेरि सर्वोच्चले अर्को फैसला गर्‍यो । पार्टीको नाम के रहने भन्ने विषयमा सर्वोच्चले अर्का […]

दीपक मनाङेले स्वतन्त्र सांसद हुँ भन्दा मुख्यमन्त्रीलाई गाह्रो !

२ माघ, पोखरा । प्रदेशसभामा दुई तिहाई पुर्‍याउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ असार २०७६ मास्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराए । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद मनाङेको प्रवेशसँगै ६० सदस्यीय प्रदेश सभामा नेकपाको पक्षमा ४० सदस्य पुगेको थियो । प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएपछि प्रदेशहरुमा जोडघटाउ […]

प्रचण्ड–माधव समूहले गुरुङ र पोखरेललाई इन्चार्जबाट हटायो

२० पुस, काठमाडौं । नेकपाको प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएका छन् । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा […]

संघमा जे सुकै होस्, प्रदेशमा मिलौं : मुख्यमन्त्री गुरुङ

१० पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर सरकारमा रहन प्रस्ताव गरेका छन् । बागमती प्रदेशमा प्रचण्ड–माधवसमूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि गण्डकीका मुख्यमन्त्रीले संघ र अरु प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर जान प्रस्ताव गरेका हुन् । संसद विघटनको स्वागत र प्रधानमन्त्री केपी शर्मा ओलीको […]

मुख्यमन्त्री गुरुङको प्रस्ताव : डान्सबार र दोहोरी साँझ पनि खोलौं

१२ मंसिर, पोखरा । कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले गत चैतदेखि बन्द गरेको सिनेमा हल, जिमखाना, डान्स बार, पार्टी प्यालेस, दोहारी जस्ता ब्यवसाय अझै औपचारिक रुपमा खुलेका छैनन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर होटल, रेस्टुरेन्ट खुला गर्ने निर्णय भए पनि बढी भीड लाग्ने स्थल व्यवसाय बन्द नै छन् । डान्स बार, सांगीतिक रेस्टुरेन्ट, दोहोरी […]

पुच्छर निमोठेको निमोठ्यै छु, मुख्यमन्त्रीको हुटहुटीले मात्र नहुँदो रहेछ !

७ मंसिर, पोखरा । संघीय सरकारभन्दा अगाडि सरेर लकडाउन घोषणा गरेको गण्डकी प्रदेश सरकारले क्वारेन्टिन, आइसोलेसन, अस्पताल घोषणालगायतमा अगुवा नै बन्यो । कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारमा गण्डकी एक नम्बरमा रहहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दाबी थियो । तर मुख्यमन्त्रीलाई तब प्रश्न उठ्न थाल्यो, जब नागरिकले त्यो महसुस गरेनन् । संक्रमण बढेको बेला पनि परीक्षणको दायरा […]

गण्डकीका मुख्यमन्त्री भन्छन् : निःशुल्क उपचारबाट सरकार हट्न हुन्न, निर्णय सच्याऔं

६ कात्तिक, पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ कात्तिकमा लक्षित वर्ग बाहेक अरुले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बतायो । संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेश विपरीत जनताको स्वास्थ्योपचारबाट सरकार पछाडि हटेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । ५ कात्तिकमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले कोरोनाको निःशुल्क उपचारलाई यथावत राख्ने निर्णय गर्‍यो […]