+
+

हाम्रो न्यायपालिका पुरुष प्रधान छ : सञ्चारमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १६:३९

१६ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको न्यायपालिका पुरुष प्रधान रहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले समावेशी नभएको डरलाग्दो ठाउँ नै न्यायपालिका रहेको बताएका हुन् ।

‘हाम्रो न्यायपालिका यति धेरै पुरुष प्रधान छ, यति धेरै एकल प्रधान छ, त्यो बहुलवादी पनि हुन सकेको छैन’, उनले भने । अहिलेको मन्त्रिपरिषद र राजनीतिक नियुक्तिहरु समावेशी हुन नसकेको भन्दै उनले यसका लागि दाब सिर्जना गर्नुपर्ने बताए ।

‘४० प्रतिशत (महिला प्रतिनिधित्व) त हामीले स्थानीय तहबाट सुरु गरिसकेको छौं । एक तिहाइ त सबै ठाउँमा अहिले पनि व्यवस्था छ । राजदूत किन एक दुई जना मात्रै ? यहाँ एक तिहाइ त हुनुपर्थ्यो नि’, उनले प्रश्न गरे, ‘…क्याबिनेटमा दुई जना मात्रै किन ? अहिले हामी २२ जना छौं । जम्मा दुई जना कति प्रतिशत हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?