+
+
Shares

सरकारका प्रवक्ता भन्छन् : गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १३:५३
फाइल तस्वीर ।

२१ जेठ, काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।

उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । उनले दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने दाबी पनि गरे ।

प्रतिपक्ष दलहरुले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि छानबिन हुनुपर्ने भन्दै राजीनामा मागेका छन् ।

गृहमन्त्रीमाथि छानबिन गर्न सरकार सहमत नहुँदासम्म संसद चल्न नदिने अडानमा प्रतिपक्षी दलहरु रहेका छन् ।

सत्तापक्ष र प्रतिपक्षले अडान कायम राख्दा संसद चल्न सकेको छैन । जसकारण संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?