Comments Add Comment

फिलिपिन्स

List Grid
राष्ट्रपतिको चुनाव लड्ने बक्सिङ स्टार प्याकियोको घोषणा

३ असोज, काठमाडौं । फिलिपिन्सका बक्सिङ स्टार म्यानी प्याकियोले राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका छन् । सत्तारुढ दल पीडीपी–लाबानको एउटा समूहले उनको नाम राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेको थियो । त्यसलाई स्वीकार गर्दै उनले भनेका छन्, ‘म फिलिपिन्सको राष्ट्रपति पदका लागि गरिएको मनोनयनलाई स्वीकार गर्छु ।’ ४२ वर्षका सिनेटर प्याकियोले केही पहिले आफूसामू राष्ट्रपति पदको उम्मेदवार […]

फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटायो

२० भदौ, काठमाडौं । कोभिड महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । अब कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो । फिलिपिन्सले सेप्टेम्बर ६ (भदौ २१ गते) देखि लागु हुने गरी नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि […]

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् । सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जितेकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो […]

फिलिपिन्सको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

२१ असार, काठमाडौं । फिलिपिन्सको सेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । फिलिपिन्सको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा थप ४९ जना मानिसहरु घाइते भएका छन् । उक्त विमान सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिकहरु छन् । यद्यपि जमिनमा रहेका अन्य […]

फिलिपिन्समा सेनाको विमान दुर्घटना, १७ जनाको मृत्यु

२० असार, काठमाडौं । दक्षिणी फिलिपिन्समा सेनाको एक विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । फिलिपिन्सको रक्षा मन्त्रालयकाअनुसार सैनिकहरु ओसार्ने उक्त विमान दुर्घटनामा परेको हो । रक्षामन्त्री डेल्फिन लोरेन्जनाले उक्त विमानमा ९२ जना रहेको बताएका छन् । फिलिपिन्सको सेनाका जनरल किरिलिटो सोबेजनाले जोलो टापुमा अवतरण गर्ने […]

कोरोना खोप लगाउन नमान्नेलाई जेल हाल्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

८ असार, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिन नमान्ने मानिसलाई जेल हाल्ने चेतावनी दिएका छन् । पछिल्लो समय मुलुकमा डेल्टा भेरियन्टको संक्रमण बढिरहेको समयमा डुटेर्टेले मानिसहरुलाई यस्तो चेतावनी दिएका हुन् । ‘तपाईंले छान्न सक्नुहुन्छ : कि खोप लगाउनुहोस् नत्र म जेल हालिदिन्छु’, सोमबार प्रसारित भिडियोमा उनले भनेका छन् । […]

लकडाउन तोडेको भन्दै ३०० पटक उठबस, घर पुग्ने बित्तिकै मृत्यु

फिलिपिन्समा एकजना व्यक्ति कोरोना भाइरस महामारीका कारण सरकारी लागू गरेको लकडाउन कर्फ्युको नियम तोडेको अभियोगमा पक्राउ परे । नियम तोड्ने ती व्यक्तिलाई सजायँको रुपमा ३०० पटक उठबस गर्न लगाइयो । लगातार उठबस गर्नुपर्दा ती व्यक्तिको स्वास्थ्य अवस्था यति खराब बन्यो कि उनको मृत्यु नै भयो । डेरेन नामका ती २८ वर्षीय युवकको मृत्युको घटनाले फिलिपिन्स […]

फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प

२५ माघ, काठमाडौं । आइतबार फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प गएको छ । जीएफजेड जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले दिएको जानकारीअनुुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको मिन्डानाओ हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार स्थानीय समयअनुसार १२ः२२ मा भूकम्प भएको हो । त्यस्तै इन्डोनेसियाको भूकम्प मापन केन्द्रले भने यो भूकम्प ६.३ म्याग्निच्युड रहेको बताएको छ । भूकम्पको […]

फिलिपिन्समा समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

३० कात्तिक, काठमाडौं । फिलिपिन्समा शक्तिशाली भाम्को समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । फिलिपिन्सको नेसनल डिजास्टर म्यानेजमेन्ट एजेन्सीले आइतबार दिएको जानकारीअनुसार अझै १२ जना मानिसहरु अझै हराइरहेका छन् । समुद्री आँधीपछिको अवस्था बुझ्न राष्ट्रपति रोडि्रगो डुटेर्टे उत्तरी प्रान्त टुगुईगाराडोको भ्रमणमा आइतबार जाँदैछन् । यो प्रान्तको कागायन भ्यालीमा ठूलो बाढी आएको छ […]

फिलिपिन्सको जोलोमा विष्फोट, कम्तीमा १४ जनाको मृत्यु

९ भदौ, काठमाडौं । फिलिपिन्सको दक्षिणी प्रान्त सोलुमा सोमबार भएका दुई शक्तिशाली विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना सर्वसाधारण र अरु सुरक्षाकर्मी रहेका छन् । एक घण्टाको अन्तरमा गराइएको ती विस्फोटमा ७५ जना मानिस घाइते भएका छन् । घाइते हुनेमा २७ सुरक्षाकर्मी र ४८ जना सर्वसाधारण रहेका छन् । आक्रमण चरमपन्थी […]

फिलिपिन्सको राजधानी मनिलामा पुनः लकडाउन

१९ साउन, काठमाडौं । पछिल्लो केही समययता कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै फिलिपिन्सको राजधानी सहर मनिला वरपरका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ । मनिलाका डाक्टरहरुले कोरोना भाइरस नियन्त्रणको लागि तत्कालै कुनै कदम उठाउन नसकिए अवस्था नाजुक हुन सक्ने चेतावनी दिएका थिए । उनीहरुले अहिले फिलिपिन्सले आफ्नो कोरोना भाइरसविरुद्धको लडाइँ हार्दै गएको र यो रोगले मुलुकको स्वास्थ्य […]

नेपाली ट्रेनी पाइलट सवार जहाज फिलिपिन्सको समुद्रमा दुर्घटना, सबै यात्रु सकुसल

२३ असार, काठमाडौं । फिलिपिन्समा पाइलट तालिममा प्रयोग हुने एक जहाज दुर्घटनामा परेको छ । मंगलबार स्थानीय समय अनुसार बिहान साढे ९ बजे फिलिपिन्सको सिनंकुस्थित जाम्बोआंगा विमानस्थलबाट उडेको जहाज इन्जिन फेल भएपछि दुर्घटनामा परेको थियो । जहाजलाई पाइलटले समुद्रमा आपतकालीन अवतरणको प्रयास गरेका थिए । सीएनएन फिलिपिन्सका अनुसार जहाजमा सवार ४ जना सकुसल छन् । […]

कोरोनाको खोप नबनेसम्म विद्यालय नखोल्ने फिलिपिन्सको निर्णय

२७ जेठ, काठमाडौं । फिलिपिन्सले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप नबनेसम्म विद्यालय नखोल्ने निर्णय गरेको छ । सोमबार फिलिपिन्सका शिक्षा सेक्रेटरी लियोनोर ब्रिओन्सले खोप नबनेसम्म विद्यालय नखुल्ने जानकारी दिएका हुन् । यससँगै फिलिपिन्सका लाखौं विद्यार्थी शिक्षाको पहुँचबाट बाहिर रहने आशंका बढेको छ । अहिले विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको खोप निर्माणको दिशामा अघि बढिरहेको छन् । […]

फिलिपिन्समा करिब १० हजार कैदी रिहा

२० वैशाख, काठमाडौं । फिलिपिन्सले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि करिब १० हजार कैदी रिहा गरेको छ । फिलिपिन्सको सर्वोच्च अदालतका अधिकारीका अनुसार जेलमा कैदीबन्दीको चाप कम गर्न उनीहरुलाई रिहा गरिएको हो । फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीश मारिओ भिक्टर लियोनेनले शनिबार नौ हजार सात सय ३१ कैदी रिहा भइसकेको बताएका छन् । सर्वोच्च अदालतले तल्लो […]