+
+
Shares

कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिलिपिन्स र भियतनाममा आएको कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुगेको छ।
  • फिलिपिन्समा १८८ र भियतनाममा पाँच जनाको मृत्यु भएको हो।
  • आँधीले मध्य भियतनामको तटीय क्षेत्रमा घरका छत उडाएको र हजारौं मानिस विद्यालयमा शरण लिइरहेका छन्।

२१ कात्तिक, काठमाडौं । फिलिपिन्स र भियतनाममा आएको कालमेगी आँधीका कारण मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।

 आँधीमा परेर फिलिपिन्समा १८८ जना र भियतनाममा पाँच जनाको मृत्यु भएको हो ।

बिहीबार १४९ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले मध्य भियतनामबाट बाहिरिएर पश्चिमतर्फ कम्बोडिया र लाओसतिर अघि बढिरहेको छ । मध्य भियतनामको तटीय किनार क्षेत्र रातभर आँधीको चपेटमा पर्दा बिहान फोहरको थुप्रो देखिन्छ ।

तीव्र गतिको हावाले रुखहरू ढलेका छन् भने घरका छत समेत उडाएको छ । थुप्रै आवासीय भवनमा क्षति पुगेको छ ।

हजारौं मानिस विद्यालय र अन्य सार्वजनिक भवनमा शरण लिइरहेका छन् । क्षति विवरण संकलन र उद्धारमा सेना तैनाथ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?