Comments Add Comment

भारतीय दूतावास

List Grid
वाईसीएलले भन्यो : दार्चुला घटनाबारे भारतीय दूतावासलाई स्पष्टीकरण माग

१६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिगले दार्चुलामा महाकाली नदीको तुइनबाट युवक खसेर बेपत्ता भएको विषयमा भारतसँग जवाफ माग्न सरकारलाई आग्रह गरेको छ । शनिबार विज्ञप्ति निकालेर वाईसीएलले काठमाडौंस्थित भारतीय दूतावाससँग स्पष्टीकरण लिएर घटनाबारे सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबि) ले तुइनको फलामे […]

नेपालबाट ट्रान्जिट उडानमा रोक लागेपछि भारतले जारी गर्‍यो ट्राभल एडभाइजरी 

१४ वैशाख, काठमाडौं । नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा उड्न रोक लागेसँगै भारतले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै सचेत गराएको छ । अध्यागमन विभागले १५ वैशाखबाट लागु हुने नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाउने निर्णय गरेको छ । अहिले भारतबाट उडानमा प्रतिबन्ध लागेका मुलुकमा नेपाल ट्रान्जिट भई भारतीय नागरिक विदेश […]

आईएमई मोटर्सद्वारा भारतीय दूतावासलाई दुई थान एम्बुलेन्स हस्तान्तरण

१० वैशाख, काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्धारा प्रबर्द्धित अशोक लेलैण्डले एक कार्यक्रमका बीच भारतीय दूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण गरेको छ । दूतावासले बताए अनुसार आईएमई मोटर्सले उपलब्ध गराएको उक्त एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बाँसवारी र धुलीखेल अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपाल-भारत मैत्री विकास […]

भारतीय दूतावासमा भारतको ७२औं गणतन्त्र दिवस मनाइयो

१४ माघ, काठमाडौं ।नेपालस्थित भारतीय राजदूतावासले भारतको ७२औं गणतन्त्र दिवसलाई विभिन्न कार्यक्रम गरी मनाएको छ । यही जनवरी २६ मा भारतको गणतन्त्र दिवसको अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएका थिए । साथै उनले भारतका राष्ट्रपतिको सन्देश पढेर पनि सुनाए । उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक […]

‘विषादीयुक्त केरा फिर्ता गर्‍यौं, तरकारीको परीक्षण रोकिएको छैन’

२८ साउन, काठमाडौं । भारतबाट आउने तरकारी तथा फलफूलको विषादीको परीक्षण थाल्ने र रोक्ने दुवै निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनतासमक्ष माफी माग्ने अवस्थामा पुर्‍यायो । भारतीय दूताबासको पत्रपछि विषादी परीक्षणबाट सरकार पछि हटेको धेरैको बुझाइ रह्यो । मन्त्रिपरिषदले नै विषादी परीक्षण तत्काललाई नगर्ने भनेपछि सरकारमाथि जनतालाई विष खुवाएको आरोप पनि लाग्यो । विषादीमै विद्यावारिधि […]

बिराटनगरको भारतीय ‘क्याम्प’ आजदेखि बन्द

१६ साउन, बिराटनगर । भारतले बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द गरेको छ । भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेको थियो । भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूतावासबाटै हुने जनाएको छ । […]

देउवाले बोलाएको बैठक छाडेर राजपा नेताहरु भारतीय दूतावासमा

१६ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरु मंगलबार बिहानै भारतीय दूताबास पुगेका छन् । सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका बेला राजपा नेताहरु लैनचौर पुगेका हुन् । राजपानिकट स्रोतका अनुसार नेताहरु मंगलबार बिहान ९ बजे दूताबास पुगेका थिए । दूताबास गएका कारण सहमतीय सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका […]

विप्लव माओवादीले भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउँदै, गोर्खा सैनिक फिर्ता गर्न माग

१९ कात्तिक, काठमाडौं । भारतबाट गोर्खा सैनिक फिर्ता गर्न माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउँदैछ । शुक्रबार दिउँसो रत्नपार्कको शान्तिबाटीकाबाट र्‍यालीसहित लैनचौर पुगेर ज्ञापनपत्र बुझाइने विप्लव माओवादीका नेता माइला लामाले जानकारी दिए । ‘कारगिलको लडाईंमा विमल तामाङ मारिएको घटनाले गोर्खा सैनिकहरु असुरक्षित छन् भन्ने देखिएको छ,’ लामाले अनलाइनखबरसँग भने, […]