Comments Add Comment

मेलम्ची खानेपानी आयोजना

List Grid
दुई महिना मेलम्चीबाट पानी नआउने

२० जेठ, काठमाडौं । आगामी असार १ देखि मेलम्चीबाट करिब दुई महिना काठमाडौंमा पानी नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि -प्रोटोकल) पुरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि […]

राष्ट्रपतिले मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन गर्दै

२० चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन शुक्रबार गरिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गर्न लागेकी हुन् । भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम छ । मेलम्चीको पानी वितरण समारोह दिउँसो दुई बजे राखिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि […]

मेलम्चीमा याङ्ग्री र लार्के पनि मिसाउन ऋण खोजिँदै

२६ फागुन, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सकिएपछि आयोजनाको दोस्रो चरणको निर्माण थाल्ने योजना तयारी गरेको छ । मेलम्चीको दोस्रो चरणको आयोजना निर्माणका लागि विदेशी दाताहरुसँग वित्तीय स्रोतको जठाउन सरकारले छलफल अघि बढाएको छ । यसका लागि झण्डै ३० करोड अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान […]

मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने, अवलोकन गर्न प्रधानमन्त्री जाने

२२ फागुन, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आइपुग्ने भएको छ । यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो। सुरुङबाट पानी आज सुनदरीजल आइपुग्ने आयोजनाले जनाएको छ । आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा […]

मेलम्चीको सुरुङ पुनः परीक्षणको काम सुरु

१० फागुन, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न आज पानी हालिएको छ । खानेपानी मन्त्री मणि थापाले साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरे । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्न १५ देखि २० दिन लाग्ने अनुमान छ । शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार भने पानी छाडिने छैन […]

मेलम्चीको सुरुङ परीक्षण गरिँदै, सम्भावित दुर्घटनामा उद्धार गर्न हेलिकप्टर तयारी अवस्थामा

१० फागुन, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज गरिँदै छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्ने मेलम्ची खानेपानी विकास […]

मेलम्चीको सुरुङ परीक्षण अझै टुङ्गो लागेन

२० माघ, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले […]

मेलम्चीको गुणस्तर जाँच्न एडीबीले पठायो विदेशी विज्ञ

२९ मंसिर, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षणको लागि दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले अन्तर्राष्ट्रिय विज्ञ टोली नेपाल पठाएको छ । काममा ढिलासुस्ती र लापरवाही भएको भन्दै एडीबीले निर्माणस्थलको निरीक्षण गर्न हाइड्रो मेकानिकल, सुरुङ, खानेपानी वितरण प्रणाली लगायतका विज्ञ रहेको चार सदस्यीय टोली पठाएको हो । आयोजनाका एक अधिकारीका अनुसार विज्ञ टोली […]

सिक्टादेखि मेलम्चीसम्म : गौरवका आयोजनामा खेलाँची

१६ साउन, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना निर्माणमा यसै पनि ढिलाइ भइरहेको छ । अन्तिम चरणमा पुगेका आयोजनाहरुको काममा भएका गम्भीर त्रुटि र लापरवाही परीक्षणका क्रममा उदांगो हुन थालेको छ । सिक्टा सिँचाइदेखि मेलम्ची खानेपानी आयोजनासम्म एकै खालको नियति दोहोरिएपछि नेपालमा ठूलो लगानीका आयोजनाको भविष्यमाथि प्रश्न उठिरहेको छ । मध्यम लगानीका सडक, भवन, पुल लगायतका […]

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

२२ असार, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो । परीक्षणका क्रममा नदीमा पानीको […]

मेलम्ची सुरुङको परीक्षण सुरू, डाइभर्सनमार्फत हालियो पानी

२१ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण थालिएको छ । यसका लागि सुन्दरीजलसम्मको २७ किलोमिटर लामो सुरुङमा पानी हाल्न थालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । यसबारे जानकारी दिन खानेपानी मन्त्री विना मगरले ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् । निकै लामो समय अन्योलमा परेको मेलम्ची आयोजनामा अहिलेसम्म हेडवर्क्स तयार भएको […]

मेलम्चीमा सरकारको नयाँ भाका : जनताले पानी पाउन अझै एक वर्ष कुर्नुपर्ने

१० असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुदेखि उपत्यकामा खानेपानी वितरण गर्ने’ घोषणा गर्‍यो । संसदमा सांसदहरुले पत्याएनन्, मन्त्रीको जवाफ मागे । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले जवाफ फर्काइन्, ‘मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नहरुको बिट मार्ने […]

मेलम्ची खानेपानी आयोजनाको बजेट साढे ५ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्चीका लागि पाँच अर्ब ४० करोड अर्ब बजेट विनियोजन भएको जानकारी दिए। उनले चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरुवातमै काठमाडौंमा पानी वितरण थाल्ने घोषण […]

सरकारले ‘काम गर्नू’ भने पनि मेलम्चीका मजदुर गायब

२२ चैत, काठमाडौं । खानेपानीमन्त्री विना मगरले फागुन १ गते पत्रकार सम्मेलनमार्फत स्वेतपत्र जारी गरेर भनेकी थिइन्, ‘मेलम्चीको पानी असार मसान्तसम्म काठमाडौंमा आइपुग्छ ।’ तर, यसपटक पनि मेलम्चीको समयसीमा घँचेटिने पक्कापक्की भएको छ । सरकारको नयाँ भाका असारमा मेलम्चीको काम पूरा होला/नहोला भन्ने आशंका व्यक्त भइरहेका बेला कोरोनाको संक्रमणका कारण उत्पन्न अवस्था र लकडाउनले गर्दा […]

सम्झौताको भोलिपल्टै मेलम्चीमा काम थाल्न सिनो हाइड्रोलाई आग्रह

१८ भदौ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनामा ठेक्का सम्झौता हुनासाथ काम थाल्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई आग्रह गरेको छ । मेलम्चीको बाँकी कामको लागि सिनो हाइड्रो छानिएपछि सरकारले यस्तो आग्रह गरेको हो । छनोट भइसके पनि अहिलेसम्म सिनोले बैंक ग्यारेन्टी ल्याउन बाँकी रहेकाले सम्झौता हुन सकेको छैन । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले अनौपचारिक रुपमा […]

मेलम्चीको बाँकी कामको ठेक्का सिनो हाइड्रोलाई

३ भदौ, काठमाडौं । ठेकदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने भएको छ । यो कम्पनी हाल माथिल्लो तामाकोशीको प्रमुख ठेकदार हो । सिनोले कुलेखानी तेस्रोमा काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाएको छ । मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुई वटा प्याकेजमा […]

मेलम्चीको बाँकी कामलाई दुई मुख्य ठेकेदार छनोट, एउटा विवादित

२० साउन, काठमाडौं । मुख्य ठेकदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनालाई अघि बढाउन दुई ठेकदार कम्पनी छानिएका छन् । दुईमध्ये एउटा कालो सूचीमा सिफारिस गरिएको कम्पनी हो । छानिएका कम्पनी तथा तिनीहरुको आर्थिक प्रस्ताव स्वीकृत गर्न एशियाली विकास बैंक (एडीबी)मा पठाइएको आयोजनाका एक अधिकारीले बताए । मेलम्चीको दुई वटा ठेक्कामा चिनियाँ कम्पनी सिनो हाईड्रो […]

नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी ल्याउँछौं : प्रचण्ड

२७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् । मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु नै लागेका भन्दै उनले अब कडा […]

नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी ल्याउँछौं : प्रचण्ड

२७ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् । मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु नै लागेका भन्दै उनले अब कडा […]

ठेकदारको वेबसाइट भन्छ- मेलम्ची आयोजना सम्पन्न भयो

१२ पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीको वेभसाइटलाई विश्वास गर्ने हो भने काठमाडौंवासीले मेलम्चीको पानी प्रयोग गरिसकेका छन् । सीएमसीको वेभसाइट सीएमसीजीआरयुपीपीओ डटकममा ‘स्टाटस कम्प्लिटेड’ उल्लेख छ । सात प्रतिशतभन्दा बढी काम बाँकी हुँदै सिएमसीले ९ करोड ८० लाख युरोमा ठेक्का लिएको मेलम्ची आयोजना सम्पन्न भइसकेको वेभसाइटमा राखेको हो । […]

मेलम्चीमा फर्कन इटालियन कम्पनी तयार, दूतावासले जिम्मा लियो सीएमसीका कामदार

९ पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालियन ठेकदार कम्पनी सीएमसी काममा फर्किन तयार भएको छ । सीएमसीले यसअघि १७ डिसेम्बरमा एकतर्फी ठेक्का तोडेको जानकारीसहितको पत्र (लेटर अफ टर्मिनेसन) सरकारलाई बुझाएको थियो । मेलम्ची खानेपानी बोर्डमा शुक्रबार अर्को पत्र पठाउँदै सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको दाबी गर्दै अंग्रेजी नयाँ […]