Comments Add Comment

युएई

List Grid
अफगानिस्तानका राष्ट्रपति युएईमा, भन्छन्-स्वदेश फिर्ताबारे छलफल भइरहेको छ

३ भदौ, काठमाडौं । विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छाडेका राष्ट्रपति असरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिएका छन् । युएईका परराष्ट्र मन्त्रीले घानी र उनको परिवारका सदस्यलाई मानवीय दृष्टिले आफ्नो देशमा स्वागत गरिएको बताएका छन् । तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै गत आइतबार घानीले देश छाडेका थिए । शुरुमा उनी भागेर […]

आजदेखि युएईमा नेपालीलाई प्रवेश खुला

२१ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज (बिहीबार)देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, […]

सम्बन्ध सुधारको दिशामा कतार र युएई

१६ जेठ, काठमाडौं । कतारका विदेशमन्त्रीले संयुक्त अरब इमिरेट्ससँग मतभेद कम गर्ने विषयमा सकारात्मक माहोल सिर्जना भएको बताएका छन् । कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीले धेरै चरणमा भएको वार्तापछि यस किसिमको माहोल सिर्जना भएको बताएका छन् । अरब मुलुकहरुबीच आपसी विवादको अन्त्य गर्ने विषयमा भएको सम्झौतापछि युएईसँग कतारको वार्ता […]

आईपीएलको बाँकी खेल युएईमा हुने

१५ जेठ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को सिजनका बाँकी खेल युएईमा हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को शनिबार भर्चुअल माध्यमबाट बसेको विशेष बैठकले यो निर्णय गरेको हो । बैठकमा सहभागी सबै सदस्यले सर्वसम्मत रुपमा आईपीएल पुन: सुरु गर्न सहमत भएका थिए । भारतमा मनसुन सिजन सुरु हुन लागेकाले सेप्टेम्बर-अक्टोबरमा सिजनको बाँकी खेल युएईमा गरिने भएको हो । अब आईपीएलको १४ औं […]

युएईको अस्पतालमा जमेका नेपाली डाक्टर

युनाइटेड अरब इमिरेट्स (युएई)मा काम गरिरहेका करीब तीन लाख नेपालीमध्ये एक हुन्– डा. गणेश मानन्धर । राजधानी अबुधाबीको लाइफलाइन अस्पतालमा उनले दैनिक जाँच्ने बिरामीमध्ये आधाभन्दा बढी नेपाली हुन्छन् । परदेशमा बिरामी पर्दा नेपाली चिकित्सकबाटै उपचार र परामर्श पाउनु नेपाली कामदारका लागि ठूलो कुरा हो । कति बिरामीको लागि त चिकित्सकको परामर्श मात्र पनि रामबाण साबित […]

युएईले विदेशी नागरिकलाई नागरिकता दिने

१८ माघ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो । युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन्, ‘लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार […]

अबुधाबीस्थित नेपाली दूतावासमा झन्डोत्तलन गर्दै मनाइयो संविधान दिवस

युएई । नेपाली दूतावास अबुधाबीले छैटौं संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डोत्तलन गरेको छ । सेप्टेम्बर २० तारिख आइतबार एक कार्यक्रम गरी दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डोत्तलन गरेका हुन् । झन्डोत्तलन कार्यक्रममा उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझासहित दूतावासका अन्य कर्मचारी, […]

युएईका नेपालीले भोगेका पछिल्ला समस्या

वैदेशिक रोजगारीका लागि औसत नेपालीहरुको लोकप्रिय गन्तव्य युएईमा कोरोना भाइरसको फैलावटले विविध प्रभाव पारेको छ । कोरोनाको संक्रमणलाई युएईले एक बिन्दुसम्म परास्त गरेको छ । युएईको जनजीवन सामान्यतर्फ जाँदैछ । सपिङ मल, होटेल, सार्वजनिक यातायात, जिमखाना, नाइट क्लब खोलिएका छन् । स्कुल पनि सुचारु गर्ने अन्तिम तयारी देखिन्छ । तर कोरोनाले युएईको श्रम बजारमा केही […]

एक सातामा युएईमा ५ नेपालीको कोरोनाबाट मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको […]

युएई–इजरायल सम्झौतामा इरान र टर्कीको विरोध

३२ साउन, काठमाडौं । युएई र इजरायलबीच भएको शान्ति सम्झौताको इरान र टर्कीले विरोध गरेका छन् । इरानका राष्ट्रपति हसन रुहानीले शनिबारको एक मन्तव्यमा युएईले मुस्लिम देशहरुलाई धोका दिएको बताए । केही दिनअघि अमेरिकाको पहलमा युएई र इजरायलबीच शान्ति सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद […]

इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता

३० साउन, काठमाडौं । इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच इजरायल र यूएईबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएको छ । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत् दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति […]

युएईमा पाँच महिनामा ११० नेपालीको मृत्यु

२९ साउन, युएई । युएईमा पछिल्लो पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीले ज्यान गुमाएका छन् । ११ मार्चयता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक छ । ज्यान गुमाउनेमा ५ जना महिला छन् । प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले बुधबार जारी गरेको सूचनामा […]

युएईबाट १५१ जना स्वदेश फर्किए, कोरोना देखिएपछि ३ जनाको उडान रोकियो

युएई । युएईबाट नेपालमा आइतबार ३ वटा उडान हुँदैछन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले नेपालको राजधानी काठमाडौंमा उडान भर्न लागेका हुन् । हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट १ सय ५१ जना नेपाली स्वदेश फर्किसकेका छन् । एच–९ ५६७२ नम्बरको उडानमार्फत आइतबार बिहान युएईको समयअनुसार ४ः२५ बजे उनीहरु स्वदेश फर्किएका हुन् । उक्त विमानमा […]

युएईबाट १४८ नेपाली बोकेर काठमाडौं उड्यो नेपाल एयरलाइन्स

५ असार, युएई । युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । फर्कनेहरुमा अधिकांश महिला छन् । सो विमानमा एक जना नेपालीको शवसमेत रहेको दूतावासका सूचना अधिकारी भुवन ओझाले बताए । कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल पठाइएको हो । नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो । […]

युएईबाट मंगलबार र बिहीबार हुने ‘उद्धार’ उडान रोकियो

२ असार, यूएई । यूएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्द भएको छ। नेपाली दूतावास आबुधाबीले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । असार २ र ४ गते नेपाल एयरलाइन्समार्फत यूएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी […]

विश्वकप छनोटका खेल अक्टोबर र नोभेम्बरमा गर्ने युएईको निर्णय

२२ जेठ काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले यसै वर्षको अन्त्यमा फिफा विश्वकप २०२२ को छनोट खेलहरु पुन:  शुरु गर्ने भएको छ । कोरोना भाइरसका कारण स्थगित भएको विश्वकप २०२० र एएफसी एसियन कप २०२३ संयुक्त छनोटको रुपमा रहेको खेलहरु अक्टोबर र नोभेम्बरमा गर्ने युएई फुटबल एसोसिएसनले जनाएको छ । बुधबार एसियाली फुटबल फेडेरेसन […]

युएईमा कोरोना जितेका नेपाली भन्छन् : युएई सरकारलाई धन्यवाद

युएई । ६ महिनाअघि युएई आएका एक नेपालीले ४५ दिनपछि कोरोना संक्रमणलाई जितेका छन् । इलाम घर भई आबुधाबीको एक सेक्युरिटी कम्पनीमा कार्यरत उनी अहिले काममा फर्किएका छन् । आफ्नो परिचयलाई गोप्य राख्दै युएईमा रहेका अनलाइनखबरकर्मी रुपेश अधिकारीसँगको कुराकानीमा उनले साटेको अनुभव यस्तो छ – अप्रिल ११ सन् २०२०, विहानपख ज्वरो आयो । नेपालबाट साइनेक्स […]

नेपालीलाई काठमाडौं ल्याइदिन यूएईले माग्यो अनुमति

२९ वैशाख, काठमाडौं । नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् । यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुई वटा विमान आउने […]

‘युएईले बाँडेको मुस्कान’ पढेपछि

म स्वदेशमै गर्जो टार्न मुस्किल परेपछि वैदेशिकका लागि अन्तिम विकल्पका रूपमा युएई आएकी सर्वसाधारण नेपाली नारी हुँ । म दैनिक केही लेखिरहन्छु । तर, सार्वजनिक गर्दिनँ । मेरी प्यारी छोरी आशिकालाई सम्बोधन गर्दै मैले कति डायरीहरु भरेकी छु, त्यो अहिलेसम्म मलाई मात्रै थाहा छ । म लेखक त हुँदै होइन । तर, असल पाठकचाहिँ हुँ […]

युएईले मुस्कान छर्ने नेपालीहरुको कथा

युएई । नेपाली समाजमा अझै पनि खाडीका देशमा श्रमरत नेपालीलाई सामान्य कामदारका रुपमा हेर्ने गरिन्छ । सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने हो भने कुनै नेपालीले खाडीका देशमा श्रम गर्छु भन्दा समाजले उसको योग्यता र सीपलाई फरक नजरले मूल्यांकन गर्छ । यी देशमा काम गर्नेहरु अदक्ष, सामान्य लेखपढ  र अन्य क्षेत्रमा जान नसकेकाहरु छन् भन्ने सोचाइ यदाकदा […]

युएईले अष्ट्रेलियालाई दियो ११८ रनको लक्ष्य

५ कात्तिक, काठमाडौं । ऐतिहासिक टि-ट्वान्टी क्रिकेट खेलमा युएईले अष्ट्रेलियालाई ११८ रनको लक्ष्य दिएको छ । अबुधावीस्थित शिख जायद रंगशालामा घरेलु टिम युएईले अष्ट्रेलियालाई ११८ रनको सामान्य लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११७ रन बनाउन सक्यो । युएईका लागि सैमन अनवरले ४१ रन बनाए […]