+
+
Shares

रेड नोटिस जारी भएकी महिलालाई युएईबाट नेपाल ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १७:२२

१६ भदौ, काठमाडौं । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिला पक्राउ परेकी छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-१ घर भएकी सरिता घर्ती मगर पक्राउ परेकी हुन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम्म् पक्राउ गर्नको लागि नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट १ माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?