Comments Add Comment

संक्रमण

List Grid
काठमाडौंबाट हिँड्दै आएका व्यक्तिलाई गोरखामा कोरोना

२ असार, गोरखा । गोरखामा मंगलबार थप १० जना कोरोना संक्रमित थपिए । गोरखा नगरपालिकाका सात, बारपाक सुलिकोट गाउँपालिकाका दुई र गण्डकी गाउँपालिकाका एकजनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेको छ । गोरखा नगरपालिका वडानम्बर १ र ११ का दुई/दुईजना तथा वडानम्वर ३, ६ र १३ का एक/एक जनामा संक्रमण देखिएको हो । उनीहरुमध्ये […]

एकदिनमा १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ । भारतबाट फर्किँदै गर्दा सीमा क्षेत्रमा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ कामा पनि संक्रमण भएको […]

स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

१५ जेठ, पोखरा । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘उहाँहरु भारतबाट आउनु भएको हो र क्वारेन्टाइनमै छन् । अब सरकारी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ,’ निर्देशनालयका डा. […]

गण्डकीमा अझै बढ्न सक्छन् संक्रमित, प्रदेश सरकार भन्छ–चिन्ता नलिनू !

१४ जेठ, पोखरा । दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको बडिगाड गाउँपालिकाबासी त्रसित छन् । अर्कोतर्फ भारतबाट ल्याइएका गाउँवासीलाई राख्न क्वारेन्टाइनको व्यवस्था गर्न जनप्रतिनिधिलाई हतार छ । सुरुमा ३० जनाका लागि बनाएको क्वारेन्टाइनले भ्याउनेभन्दा धेरै मानिस भारतबाट ल्याउनु परेपछि अहिले क्वारेन्टाइन तयार गर्न रात दिन लाग्नुपरेको अध्यक्ष मेहरसिंह पाइजा बताउँछन् । ‘न सुत्ने फुर्सद […]

भुल्केका ४ जना संक्रमित कोरोना निको भएर फर्किए

१४ जेठ, विराटनगर । कोरोना संक्रमण निको भएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट बुधबार थप ४ जना डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केका एक पुरुष र तीन महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ५८ पुरुष, ३६, ४० र ६५ वर्षीय महिला रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले […]

झापामा सिक्किमबाट आउनेलाई पनि कोरोना संक्रमण

१४ जेठ, विराटनगर । बुधबार कोरोना संक्रमण पुष्टि भएका झापाका १७ जना भारतबाट आएको पाइएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ जना झापाको कचनकवल गाउँपालिका र २ जना गौरादह नगरपालिकाका हुन् । संक्रमित सबै केही दिनअघि भारतबाट आएपछि स्थानीय सरकारले क्वारेन्टाइनमा राखेको थियो । कचनकवलमा नयाँ संक्रमण पुष्टि भएकाहरु दिल्ली र मुम्बईबाट आएकाहरु रहेको गाउँपालिका […]

भारतमा कोरोना संक्रमित संख्या डेढ लाख नाघ्यो

१४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म भारतमा एक लाख ५१ हजार ७६७ जना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ हजार ३८७ नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै, अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण […]

कोरोना संक्रमित ५५ लाख नाघे

१३ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५५ लाख १८ हजार ९ सय ५ पुगेको छ । संक्रमित संख्याको हिसाबमा अमेरिका सबैभन्दा अघि छ । अमेरिकामा अहिलेसम्म १६ लाख ६२ हजारभन्दा बढी संक्रमित फेला […]

स्याङ्जाका २ जनामा कोरोना संक्रमण पुष्टि

१३ जेठ, पोखरा । स्याङ्जाका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। भारतबाट चार दिनअघि आएका उनीहरू वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए । दुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुव गिरीले पुष्टि गरे। ‘कोरोना पुष्टि भएपछि उहाँहरूलाई स्याङजा वालिङको सामुदायिक आइसोलेनमा राखेका छौं,’ उनले भने । गण्डकी प्रदेश […]

भारतबाट आएका थिए सप्तरीका २ कोरोना संक्रमित

१२ जेठ, सप्तरी । जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दवै संक्रमित गत जेठ २ गते भारतबाट नेपाल आएको खुलेको छ । संक्रमित दुवै डाक्नेश्वरी नगरपालिकाका हुन् । वडा नम्बर ४ भुतहीका ३४ वर्षीय र वडा नम्बर ८, गम्हरिया प्रवाहाका २२ वर्षीय युवक संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले […]

पहिलो परीक्षण नेगेटिभ देखिएपछि घर गएका थिए झापाका संक्रमित

११ जेठ, विराटनगर । झापामा कोरोना संक्रमण पुष्टि भएका पुरुषको पहिलो पीसीआर रिपोर्ट नेगेटिभ आएको पाइएको छ । आइतबार झापाको बाह्रदशी गाउँपालिका ३ का ४५ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका पुरुष ७ जेठमा दिल्लीबाट गाउँ आएका थिए । वडाध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीका अनुसार नेपाल प्रवेश गर्ने क्रममा उनको आरडीटी परीक्षण गर्दा […]

प्रदेश १ का अधिकांश संक्रमित भारतबाट आएका

११ जेठ, विराटनगर । झापामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । तीमध्ये ३३ जना सीमावर्ती क्षेत्र झापाको कचनकवल गाउँपालिकाका हुन् । प्रदेश १ मा संक्रमितको संख्या ८७ छ । संक्रमितको यात्रा विवरण अध्ययन गर्दा अधिकांश भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेकाहरु छन् । झापा दुईजना संक्रमितबाहेक अन्य सबै संक्रमितहरु सीमा नाका बन्द हुँदा चोर […]

बाँकेको नरैनापुरमा मात्रै १ सय १३ जना कोरोना संक्रमित

१० जेठ, बुटवल । बाँकेमा शनिबार थप २७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । संक्रमित सबै बाँकेको नरैनापुर गाउपालिकाका मात्रै हुन् । यसअघि नरैनापुरमा ८६ जना संक्रमित थिए । शनिबार थपिएकासँगै नरैनापुरमा कोरोना संक्रमितको संख्या १ सय १३ जना पुगेको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा नयाँ २७ जनामा कोरोना […]

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १८ हजार नाघ्यो

९ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख १८ हजार नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एक लाख १८ हजार चार सय ४७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका छ हजार ८८ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा […]

झापाका १५ कोरोना संक्रमित पनि भारतबाटै आएका थिए

८ जेठ, झापा । झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना संक्रमण पनि भारतबाटै नेपाल आएको पाइएको छ । भारतले मजदुर उद्धारका लागि रेस सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् […]

भारतमा निको भए ४५ हजार बढी कोरोना संक्रमित

८ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरसका ४५ हजारभन्दा बढी संक्रमित निको भएका छन् । यहाँका १ लाख १२ हजार तीन सय ५९ संक्रमित भएकोमा ४५ हजार ३ सयले स्वास्थ्यलाभ गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ५ हजार ५ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतमा […]

झापामा थपिए अर्का काेराेना संक्रमित

५ जेठ, काठमाडौं । नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् । भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले उनमा संक्रमण पुष्टि भएको अनलाइनखबरलाई बताए । उनका अनुसार युवकलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या […]

अस्पताल सिल : दीर्घकालिन समाधान खोज्ने कि ?

गुल्मीका कोरोना भाइरस संक्रमितको उपचार गराइरहेको अस्पताल सिल गरिएको छ । कोरोना संक्रमणले सुत्केरी महिलाको मृत्यु भए पछि धुलिखेल अस्पताल सिल गरियो । केहि दिन अगाडि त्रिवि शिक्षण अस्पताल अनि विपिकेआईएचएस धरानको प्रसुति विभाग सिल भयो । नेपालमा देखिएका कोभिड १९ का संक्रमितहरु अधिकाशंमा लक्षण नदेखिएका कारणले समान्य विमारीहरु जस्तै भर्ना गर्ने, उपचार गर्ने गरेको […]

कोरोनाको हटस्पट बनेको भारतीय तरकारी बजार

५ जेठ, काठमाडौं । मे ५ मा दक्षिण भारतको एक जिल्ला कलेक्टर भरत गुप्ताले चेन्नई सहरमा रहेको विशाल तरकारी बजार कोयाम्बेदु अस्थायी रुपमा बन्द हुँदैछ भन्ने कुरा थाहा पाए । कारण थियो, बजारका केही मजदुर र विक्रेतामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुनु र यहाँबाट आसपासका अन्य क्षेत्रमा पनि संक्रमण फैलिनु । गुप्तालाई यो […]

बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

५ जेठ, वीरगन्ज। बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ। सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना […]

कोरोना संक्रमित सुत्केरीको मृत्युले दुःखी छु : प्रधानमन्त्री

४ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । बिहीबार कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । यो कोरोनाबाट नेपालभित्र भएको पहिलो मृत्यु हो । घटनालगत्तै एक ट्विट गर्दै प्रधानमन्त्री ओलीले त्यसप्रति दुःख व्यक्त गरेका हुन् […]