Comments Add Comment

साउदी

List Grid
नेपालमा रोकिएका भारतीयलाई साउदी पुर्‍याउन नेवानि र हिमालयलाई अनुमति

३० वैशाख, काठमाडौं । नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरेबिया पुर्‍याउन सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका लागि चार्टर्ड उडानको अनुमति दिएको छ । प्राधिकरणका अनुसार यो उडान नेपालस्थित भारतीय दूतावासको अनुरोधमा हुन लागेको हो । भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी टिकट काट्न सक्ने भएका छन् । काठमाडौंबाट नेपाल एयरलाइन्सले रियाद र […]

साउदीमा करार सकिएपछि अनुमतिविना रोजगारदाता फेर्न र देश छोड्न पाइने

१ चैत, काठमाडौं । साउदी अरेबियाले आइतबारबाट पनि ‘श्रम सम्बन्धी सुधार पहल’ कार्यक्रमको कार्यान्वयन थालेको छ । आइतबारबाट साउदीमा विदेशी श्रमिकका लागि लगाउँदै आएको विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु हट्न सुरु भएको छ । साउदी सरकारले अब करार अवधि सकिएपछि रोजगारदाता परिवर्तन तथा रोजगारदाताको अनुमति विना नै देश छोड्ने भिसा (एक्जिट भिसा) अनुमति दिने बताएको छ । श्रमिकलाई […]

साउदीमा बिरामीको शल्यक्रिया गर्न गएका डाक्टरको अपरेसन कक्षमै मृत्यु

९ मंसिर, काठमाडौं । साउदी अरेबियामा बिरामीको शल्यक्रिया गर्न गएका एक डाक्टरको अपरेसन कक्षभित्रै मृत्यु भएको छ । साउदी सञ्चारमाध्यमहरुका अनुसार हाडजोर्नीसम्बन्धी शल्यक्रियाको लागि तयारी गरिरहेकै बेला डाक्टरको मृत्यु भएको हो । शुक्रबार खामित मुसाइत सिभिल हस्पिटलमा हृदयाघातको कारण महदी अल एमारीको मृत्यु भएको हो । शल्यक्रिया गर्ने तयारी गर्दै गर्दा सहयोगीहरुले उनी अस्वस्थ रहेको […]

सन् २०२१ को सुरुदेखि पर्यटक भिसा पुनः सुरु गर्ने साउदीको योजना

११ असोज, काठमाडौं । साउदी अरेबियाले सन् २०२१ को सुरुदेखि पर्यटक भिसा पुनः सुरु गर्ने भएको छ । साउदी अरेबियाका पर्यटनमन्त्री अहमद अल खातीबले यस्तो बताएका हुन् । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि साउदीले पर्यटन भिसा रोक्ने निर्णय गरेको थियो । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको पुनर्संरचनाको महत्वाकांक्षी योजनामा पर्यटन क्षेत्र महत्वपूर्ण […]

साउदीमा मक्काबाहेकका क्षेत्रमा आशिंकरुपमा कर्फ्यु हटाउने निर्णय

१४ वैशाख, काठमाडौं । साउदी अरेबियाका राजा सलमानले सबै क्षेत्रमा लगाइएको कर्फ्यु आशिंकरुपमा हटाउन निर्देशन दिएका छन् । यद्यपि मक्का र यसअघि नै लकडाउन गरिएको छिमेकी क्षेत्रमा भने कर्फ्यु जारी रहनेछ । साउदीको आधिकारिक सञ्चारमाधयमले दिएको जानकारी अनुसार आइतबारबाट साउदी अरेबियामा बिहान ९ बजेदेखि अपराह्नको पाँच बजेसम्म कर्फ्यु हटाइनेछ । आइतबारदेखि सपिङ मल, होलसेल र […]

११ वर्ष साउदीमा उँट चराएर फर्किएका हैदरले नेपाली बोल्नै बिर्सिए (भिडियोसहित)

२९ चैत, काठमाडौं । सोमबार राति ११ बजे त्रिभुवन विमानस्थलमा ओर्लिए सुनसरीका ३१ वर्षीय हैदर अली । साउदी अरबको मरुभूमिमा ११ वर्ष उँट चराएर स्वदेश फर्किएका उनी रित्तो हात थिए । लामो जगल्टे कपाल, छातिसम्म लत्रिएको दाह्री, सुकेर जीर्ण भएको शरीर र विक्षिप्त अनुहार । विमानस्थल बाहिर प्रतिक्षारत दाइ अयूबले हैदरलाई नचिन्नु स्वभाविकै थियो । […]

साउदीमा कफलाको पीडाः ३ वर्ष पहिले करार अवधि सकियो, कम्पनीले फर्कनै दिँदैन

१४ फागुन, काठमाडौं। सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोचेका थिए। साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्ष मात्रै भएकाले म्याद थप्नका लागि भए पनि नेपाल फर्किनैपर्ने सोझो बुझाई उनको थियो । राम्रो काम पाएको अवस्थामा श्रम स्वीकृतिको म्याद थप्न नेपाल आई घर परिवारसँग भेटघाट गरी केही […]

कामदारको २४ घण्टे बिमा ग्यारेन्टी नगरेसम्म साउदीसँग श्रम सम्झौता नहुने

२ कात्तिक, काठमाडौं । नेपाली कामदार लैजानेबारे साउदी अरेबियासँग हुने भनिएको द्विपक्षीय श्रम सम्झौता अन्योलमा परेको छ । बिमा र रोजगारदाता परिवर्तनको अधिकारबारे कुरा नमिलेपछि साउदीसँग द्विपक्षीय श्रम सम्झौताको विषय टुंगो लाग्न नसकेको हो । श्रम सम्झौताका प्रारम्भिक मस्यौदामा नेपालले साउदीसँग कामदारलाई २४ घण्टे बिमा उपलब्ध गराउन प्रस्ताव गरेको थियो । तर, साउदी सरकारले आˆनो […]

पैसा कमाउन साउदी गएका बद्री बाकसमा भए फिर्ता, छोरा-छोरीको बिचल्ली

२३ वैशाख, राजविराज । पाँच धुर जग्गामा फुसको घर । ती घरमा तीन सन्तान, एक श्रीमती र अपाङ्गता भएका पितालाई जसोतसो पाल्दै आएका थिए बद्री मण्डल । परिवारको एक्लो आश थिए उनी । पिता शारीरिकरुपमा अशक्त भएपछि सानै उमेरमा परिवारको जिम्मेबारी थपियो उनको काँधमा । बेरोजगार उनले बनिबुतो गरेर आफ्नो र परिवारको छाक टार्दै आएका […]