
१८ वैशाख, काठमाडौं। प्रहरीले जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार आरोपीलाई साउदीबाट नेपाल ल्याएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिका-५ सुरी डाँडा टोल बस्ने बागसिं भन्ने रबिन तामाङलाई बिहीबार साउदीबाट नेपाल ल्याएको हो ।
साउदी अरबबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध भएपश्चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अगस्ट २१ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
पक्राउ परेका उनमाथि थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत गौशालामा पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
प्रतिक्रिया 4