
News Summary
Generated by OK AI. Editorially reviewed.- साउदी अरबबाट फर्किएका एक व्यक्तिमा मंकीपक्स पुष्टि भएको हो र अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको छ।
- नेपालमा २०८० असारमा पहिलो पटक एमपक्स पुष्टि भएको थियो र यस वर्ष तीन जना संक्रमित भेटिएका छन्।
- मंकीपक्स भाइरस मानिसबाट मानिसमा सम्पर्क र संक्रमित वस्तु प्रयोगबाट सर्ने गर्दछ र यसको लक्षणहरू ज्वरो, दाग, र लिम्फ ग्रन्थी सूजन हुन्।
५ असार, काडमाडौं । साउदी अरबबाट फर्किएका एक जनामा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ । अहिले ती संक्रमित व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल उपचार भइरहेको छ ।
एमपक्ससँग मिल्दोजुल्दो लक्षण र ज्वरो आएको उनको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा आज पुष्टि भएको हो ।
अस्पताल स्रोतका अनुसार ती संक्रमितलाई क्याबिनमा राखेर उपचार भइरहेको छ ।
यसवर्ष अस्पताल आएका ३ जनामा एमपक्स पुष्टि भएको अधिकारीको भनाइ छ । नेपाल पहिलो पटक २०८० असारमा एमपक्स पुष्टि भएको थियो।
चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।
यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा मंकिपक्स कम गम्भीर र विरलै घातक हुन्छ ।
सरुवा रोग विशेषज्ञहरूका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्छ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ ।
मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छन् । बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्छ । रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति र जटिलताको प्रकृतिसँग सम्बन्धित हुन्छ ।
यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ ।चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जीउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरू सुन्निनु यसका प्रारम्भिक लक्षण हन् ।
यस्तो लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिमिराहरू देखिन थाल्छन् र चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ ।
मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छन् । बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्छ । रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति र जटिलताको प्रकृतिसँग सम्बन्धित हुन्छ । यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ ।
मंकीपक्सका गम्भीर बिरामीमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोनिमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कर्नियाको संक्रमणले दृष्टि गुम्ने समेत हुन सक्छ ।
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का अनुसार यो रोगको मृत्युदर ११ प्रतिशतसम्म पनि पुग्छ । साना बालबालिकामा मृत्युदर उच्च रहेको छ ।
हालको समयमा मृत्युदर लगभग ३.६ प्रतिशत छ । झन्डै दश संक्रमितमध्ये एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरू बताउँछन् ।
मंकीपक्स जस्तो देखिने दाग भएका व्यक्तिसँग नजिकको (छाला–छालाको) सम्पर्कबाट टाढा रहनुपर्दछ ।
- संक्रमितको दाग वा घाउलाई नछुने ।
- संक्रमित व्यक्तिसँग चुम्बन, अँगालो र यौनसम्पर्क नगर्ने ।
- मंकीपक्स भएका व्यक्तिले प्रयोग गरेको वस्तु र सामग्री नछुने ।
- संक्रमित व्यक्तिसँग खाने र भाँडाकुँडा साझा नगर्ने ।
- संक्रमित व्यक्तिको ओछ्यान, तौलिया वा लुगा प्रयोग नगर्ने वा नछुने ।
- साबुनपानीले हात धुने वा अल्कोहलमा आधारित ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने ९विशेषगरी खाना खानुअघि वा आफ्नो अनुहार छोएपछि वा शौचालय प्रयोग गरेपछि।
- मंकीपक्स भाइरस फैलाउन सक्ने जनावर जस्तै मुसा र प्राइमेटहरूको सम्पर्कबाट टाढा रहने । साथै, बिरामी वा मरेका जनावर, ओछ्यान वा तिनीहरूले छोएका अन्य सामग्रीबाट जोगिने ।
प्रतिक्रिया 4