Comments Add Comment

सिद्धार्थ राजमार्ग

List Grid
सिद्धार्थ राजमार्ग आजबाट दैनिक तीन घण्टा बन्द

२६ असोज, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आजबाट दैनिक तीन घण्टा बन्द गरिएको छ । वर्षायाममा बिभिन्न स्थानमा झरेको पहिरो हटाउन आजबाट चार दिनसम्म सडक बन्द गरिएको हो । आउँदो बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडक बन्द गरेर पहिरो हटाउने […]

सडक भासिएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

१८ साउन, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस  सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । प्रहरीका […]

सिद्धार्थ राजमार्गमा पहिरो, बुटवल–पाल्पा सडक अवरुद्ध

१२ साउन, बुटवल । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर बुटवलबाट […]

पहिरोले सिद्धार्थ राजमार्ग पुन: अवरुद्ध

७ साउन, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ । मंगलबार राति तानसेन नगरपालिका–८ गौडेपुल नजिकै र तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै नाग मन्दिरमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । गौडेपुल नजिकैको पहिरो दुई हप्तादेखि खस्ने र रोकिने हुँदै आएको छ । केही घण्टा वर्षा हुँदा पहिरो गएको ठाउँमा […]

बुटवल–तानसेन सडक खुलेको तीन घण्टामै फेरि अवरुद्ध

५ साउन, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि आइतबार साँझ ५ बजेदेखि एकतर्फी सवारी साधन चल्न थालेका थिए । तर, राति सवा आठ बजेपछि सोही ठाउँमा पहिरो खस्दा पुनः पूर्णरुपमा सडक अवरुद्ध […]

बुटवल–तानसेन सडक तेस्रो दिन पनि अवरुद्ध

४ साउन, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डअन्तर्गत तल्लो डुम्रे नजिकै खसेको पहिरोका कारण तेस्रो दिनसम्म पनि सडक अवरुद्ध छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो शनिबार दिनभर दुईवटा एक्साभेटर प्रयोग गरेर काम गर्दा पनि पन्छाउन सकिएन । सडकको ६० मिटर क्षेत्रमा झरेको पहिरो ५० प्रतिशत मात्र पन्छाएर सकिएको […]

दोभानमा पहिरो, बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

३० असार, बुटवल । पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । वर्षा नरोकिएकाले मंगलबार बिहानसम्म पहिरो पन्छाउन […]

सिद्धार्थ राजमार्गका मोड फराकिलो बनाउन शुरु, आजबाट दैनिक ८ घण्टा बाटो बन्द

१ चैत, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्डमा रहेका मोडलाई काटेर फराकिलो बनाउने काम सुरु गरिएको छ । सडक स्तरोन्नतिको काम सुरु भएपछि आजदेखि १२ दिनसम्म दैनिक आठ घण्टा बन्द हुनेछ । दैनिक बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म बाटो बन्द गरेर काम गरिने डिभिजन […]

पहिरो खस्दा बुटवल- पाल्पा सडक अवरुद्ध

२५ भदौ, बुटवल । पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत झुम्सादेखि माथि पानीमिल र सिरुवाबारीको बीचमा पहिरो खसेपछि दिउँसो ४ बजेदेखि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउन बुटवलबाट एउटा र पाल्पाबाट एउटा डोजर प्रयोग गरिए पनि वषर्ा नरोकिएका कारण सडक खुलाउन ढिलाई भएको प्रदेश […]

अवरुद्ध सिद्धार्थ राजमार्ग १६ घन्टापछि खुल्यो

१९ साउन, काठमाडौं । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग १६ घन्टा पछि एकतर्फी सञ्चालनमा आएको छ । बुटवल पाल्पा सिद्धार्थ राजमार्गको तिनाउ गाउपालिका ३ दोभानमा पहिरो खसेपछि दुबैतर्फको बाटो ठप्प बनेको थियो । राजमार्गमा खसेको पहिरो फालेपछि बिहान ६ बजेदेखि एकतर्फी सवारी साधन चल्न थालेको प्रहरीले प्रहरीले जनाएको छ । अविरल वर्षासंगै दोभान प्रहरी चौकीदेखि २ […]