
२५ असार, काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबानजिकै मंगलबार राति सडकमाथिबाट खसरेको पहिरोमा परेर रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो ।
पाल्पाबाट बुटवल जाँदै गरेका भण्डारी चढेको लु५१प ६६३३ नम्बरको मोटरसाइकलमा ढुंगासहितको पहिरो खसेको थियो ।
भण्डारीलाई पहिरोले सडकबाट तल पुर्याएको थियो । प्रहरी चौकी दौभानको टोलीले उनको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलको पछाडि सवार २९ वर्षीय कल्पना चापागाई सामान्य घाइते भएकी छन् । उनी पनि तालपोखरा कै हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4