Comments Add Comment

स्तनपान

List Grid
स्तनपानसँग सम्बन्धित १० भ्रम र तथ्य

सधैं जस्तो हरेक वर्ष मनाइने विश्व स्तनपान सप्ताह यो वर्ष पनि शुरु भएको छ । अंग्रेजी पात्रो अनुसार अगस्ट १ देखि ७ सम्म मनाइने स्तनपान सप्ताह विश्वका १२० भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रम गरेर मनाइन्छ । ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नारा सहित नेपाल सरकारले पनि २५औं विश्व स्तनपान सप्ताह शुरु गरिसकेको […]

गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग

४ साउन, काठमाडौं । नेपाल सोसाइटी अफ ओब्सटेटेरियन एण्ड गाइनोकोलोजिस्ट (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग गरेको छ । सोमबार नेसोगका अध्‍यक्ष प्रा.डा.गणेश दंगालले विज्ञप्ति जारी गर्दै गर्भवती र स्तनपान गराइरहेका महिलालाई कोरोना खोप लगाउन माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा पनि आगामी दिनमा सरकारले भ्‍याक्सिन दिनका लागि […]

नवजात शिशुको लागि सम्पूर्ण आहार–स्तनपान

भनिन्छ, स्तनपानले आमा र बच्चाबीचको ममतालाई अझ प्रगाढ बनाइदिन्छ । चिकित्सकले पनि हरेक आमालाई स्तनपान गराउन सल्लाह दिने कारणहरु मध्ये यो पनि एक हो । स्तनपान गराउनु शिशु र आमा दुबैलाई मानसिकका साथै स्वास्थ्यको हिसाबले पनि फाइदजनक हुन्छ । स्तनपानको गराउनुका धेरै फाइदा हुँदाहुँदै पनि अहिलेका आमाहरुले आफ्ना शिशुलाई विभिन्न कारणले गर्दा स्तनपान गराउँदैनन् । […]

स्तनपान : समस्या र समाधान

आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो। गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। आमा र बच्चामा हुने विभिन्न फाइदाहरुलाई मध्यनजर गर्दौ सन् १९९० मा युनिसेफ, विश्व स्वास्थ्य संगठन […]

स्तनपान गराउने महिलालाई क्यान्सरको जोखिम कम

नवजात शिशुको लागि सम्पूर्ण खुराक हो, आमाको दुध । जतिबेलासम्म शिशु अन्य खानेकुरा खान योग्य भइसकेका हुँदैनन्, त्यसबेलासम्म पर्याप्त मात्रामा आमाले दुध सेवन गराउनुपर्छ । आमाको दुधलाई ‘अमृतसमान’ भनिएको छ । शिशुको भोक मेट्न मात्र होइन, शारीरिक एवं मानसिक विकासका लागि आमाको दुध नै सम्पूर्ण पोषणको स्रोत हो । तर, पछिल्लो समय कतिपय स्तनपान गराउन […]

नवजात शिशुको स्यहार सुसार : केही कुरा ख्याल गरौं

नवजात शिशु । त्यसमाथि पहिलो सन्तान । हरेक दम्पतीका लागि रोमञ्चकता र खुसी मात्र होइन, केही अन्यौल र द्विविधा पनि हुन्छ । खासगरी उनीहरुलाई हुर्काउने क्रममा कुनै त्रुटी पो होला कि भनेर दम्पतीहरु डराउने गर्छन् । त्यसो त बच्चालाई स्तनपान गराउनेदेखि सुताउनेसम्मको कुरा अलि गाह्रो नै हुन्छ । यस्तो अवस्थामा कसरी बच्चाको उचित रेखदेख गर्ने […]

स्तनपानको क्रममा बच्चाको मृत्यु ! के हो यर्थाथ ?

बच्चाका लागि स्तनपान नै सर्वोत्तम भन्ने गरिन्छ । नवजात शिशुका लागि सम्पूर्ण पोषण नै आमाको दुध हो । तर, त्यही दुध विष बन्यो भने ? यस्तै अत्याउने घटना अहिले सतहमा आएको छ । स्तनपानको क्रममा केही शिशुको मृत्यु भएको छ । त्यसो भए के बच्चाहरुको मृत्यु साँच्चै आमाको दूध पिउनाले हुन्छ ? चिकित्सकहरुको जबाफ छः […]

जनचेतना अभावले बालबालिका स्तनपानबाट बञ्चित

२० साउन, काठमाडौं । नेपालमा स्तनपान सम्बन्धी जनचेतनाको अभावमा थुप्रै बालबालिका स्तनपानबाट बञ्चित भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘विश्व स्तनपान सप्ताह’का अवसरमा स्वास्थ्य सेवा विभागद्वारा राजधानीमा आयोजित सांसदहरुसँगको अन्तरकि्रया कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले आमाको दुध नै शिशुको शारीरिक तथा मानसिक विकासका लागि सर्वोतम भएपनि जनचेतनाको अभावमा नेपालमा आमाको दूधलाई प्रतिस्थापन […]

कहिले र कसरी छुटाउने बच्चालाई आमाको दुध

हामीले सुन्दै आएका छौ, ‘आमाको दुध बच्चाको लागि अमृत समान हुन् ।’ स्तनपान बच्चाका लागि मात्र होइन, स्वंम आमाको निम्ति पनि फाइदाजनक हुन्छ । आमाको दुधमा ति सबै पोषक तत्व हुन्छ, जो नवजात शिशुको लागि खाँचो हुन्छ । यसले बच्चाको भोक मात्र मेट्दैन, शारीरिक र मानसिक विकास समेत हुन्छ । साथै, रोगसँग लड्ने क्षमता पनि […]

क्यान्सर र मुटुरोगबाट बचाउँछ स्तनपानले

स्तनपानले आमा र बच्चा दुबैको स्वास्थ्यमा ठूलो लाभ प्रदान गर्दछ । अमेरिकी वैज्ञानिकहरुले स्तनपानको थप अर्को लाभ पनि पत्ता लगाएका छन् । शोधकर्ताहरुका अनुसार स्तनपानले महिलाहरुमा क्यान्सर तथा मुटु सम्बन्धी रोगहरुको खतरा कम गर्दछ । त्यसका साथै असमयमै वा अकाल मृत्युको जोखिम पनि कम गर्दछ । विशेषज्ञहरुका अनुसार ६ महिनादेखि एक वर्षसम्म स्तनपान गराउने महिलाहरु […]

स्तनपान सप्ताह आजबाट

१७ साउन, काठमाडौं । हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाइँदैछ । विश्वस्वास्थ्य संगठन र युनिसेफलले विश्वभर अगस्ट १ देखि ७ सम्म स्तनपान दिवस मनाउन गरेको आग्रह अनुसार विश्वभर यो दिवस सप्ताहव्यापी रुपमा मनाइएको हो । यस वर्षको स्तनपान दिवसको नारा ‘स्तनपानः दिगो विकासको आधार’ […]