+
+
Shares

मंगल ग्रहमा जान छानिए नेपाली

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २२ गते ९:२६

nineplanets

२२ पुस, काठमाडौं । मंगल ग्रहमा जान छनोट भएका व्यक्तिहरुमध्ये एक नेपाली पनि छानिएका छन् । मंगलग्रहमा मानव बस्ती बसाउने योजना बनाएको नेदरल्याण्डस्थित ‘मार्स वान’ संस्थाले छानेका १ हजार ५८ जना मध्ये एकमा नेपाली पनि परेका हुन् ।

मार्स वानले तोकेको मापदण्ड पुरा गर्दै पाल्पाको रामपुरका समीर न्यौपाने मंगलग्रह जानेको सूचीमा दर्ता भएका छन् । उक्त संस्थाले अझै विभिन्न चरणको परीक्षण भने गर्न बाकी रहेको छ ।

प्रत्येक २/२ वर्षमा ४ जनालाई मंगलग्रहमा पठाउने योजना बनाएको मार्स वानले सन् २०२४ मा पहिलोपट ४ जनालाई पठाउने तयारी गरेको छ । उनीहरुलाई त्यहाँ पठाउनुअघि विभिन्न चरणको परीक्षण गर्ने र उनीहरुले मंगलग्रहमा गएर विभिन्न बैज्ञानिक परीक्षण गर्ने छन् । ग्रहमा महिला र पुरुष बराबरीको संख्यामा पठाउने तयारी मार्स वानको छ ।

विज्ञान विषय लिएर प्लस टु पढिरहेको समीर आफू मंगलग्रह जानेमा विश्वस्त रहेका छन् । पहिले उनले आफ्नो व्यक्तिगत विवरणसहित ग्रहमा जानुका कारणसहितको ३ मिनेटको भिडियो र तीनवटा प्रश्नको जवाफ पठाएका थिए । अब दोस्रो चरणमा छनौट भएकाहरुको शारीरिक र मानसिक परीक्षण गरिने न्यौपानेले बताए । अब क्षेत्रीय स्तरमा परीक्षा हुने र उक्त परीक्षा भारत वा चीनमा हुनेछ ।

मंगल ग्रहमा जान विश्वभरबाट २ लाख भन्दा बढीले आवेदन दिएका थिए । उक्त ग्रहमा पुग्न अहिलेको रकेटको गतिले ६ देखि ८ महिनासम्म लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?