Comments Add Comment

दीपा र दीपकको ‘भालु’ पब्लिसिटी

6-ekan-6-publicity

टाउकोमा सिङ पलाएको छ, हेर्दा सर्कस देखाउने जस्तो पनि लाग्छ । तर मान्छेको भिडभाडमा कुनै अवरोध नगरी हिडिरहेका छन् उनीहरु । छ जना मानिसहरु यस्तै पहिरनमा कतै देखिए पनि तपाई डराउन पनि सक्नुहुन्छ । या तपाइले केही समय धैर्य गरेर पनि उनीहरुको क्रियाकलाप हेर्नुहोला । केटाकेटीले ‘भालु’ भन्दै उनीहरुलाई जिस्काउँन पनि सक्छन् ।

रातो पहिरनमा देखिने छ जना मानिसहरु पौष २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छ एकान छ’ को प्रचारका लागि हिडेका हुन् । दीपाश्री निरौला, दिपकराज गिरीनिर्मल शर्माले मिलेर बनाएको यो सिनेमाको प्रचारका लागि नयाँ शैली अपनाइएको हो ।6-ekan-6-publicity-style

आजबाट सुरु गरिएको यो प्रचार शैली पौष २७ गते सम्म जारी रहनेछ । काठमाण्डौका सडकमा ६ जना भिन्न रुपका मानिसहरुले ‘छ एकान छ’ हेर्न दर्शकलाई आग्रह गर्नेछन् ।

‘सडक देखि सिनेमा हलसम्म’ अभियान दिएर यो प्रचारको सुरुवात गरिएको हो । चलचित्रकी निर्मात्री समेत रहेकी कलाकार दिपाश्री निरौलाले अब ६ दिनसम्म सिनेमाको प्रचार काठमाण्डौमा यसरी नै गर्ने जानकारी दिइन् । उनले यो प्रचारले दर्शकहरुलाई हलसम्म तान्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

प्रचार शैलीको उद्घाटन कार्यक्रममा निर्माता निर्मल शर्मा र कलाकार जितु नेपालको पनि उपस्थिती थियो । चलचित्रका कलाकार तथा निर्माता दिपकराज गिरी भने प्रचारका लागि पोखरा तर्फ लागेका छन् । यस्तै ‘भालु’ प्रचार शैलीको समापन गरेर निर्मात्री दीपाश्री निरौला पनि इटहरी तर्फ लागेकी छिन् ।

चलचित्रमा केदार घिमिरे, सिताराम कट्टेल, सन्दिप क्षेत्री, शिवहरी पौडेल र नायिका नीता ढुंगानाको पनि अभिनय छ । चलचित्र हेर्न हलसम्म पुगेका दर्शक २ घन्टा १५ मिनेटसम्म रमाइलो गरेर बाहिर निस्कने विश्वास निर्माणपक्षले दिलाएको छ । 6-ekan-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment