Comments Add Comment

दुब्लाउन मोटी दीपालाई गैडाको सुझाव

यसै त कलाकार निर्मल शर्मा मोटो शरीरकै कारण ‘गैडा’ नामले बढि चिनिन्छन् । उनलाई चर्चित हाँस्य सिरियल ‘तितो सत्य’ हेर्नेहरुले निर्मल शर्मा भन्दा ‘गैडा’ नै भनेर चिन्छन् । आफ्नो मोटो शरीरका कारण निर्मल चिन्तामा नपरेका होइनन् । तर मोटाइसकेको शरीर त्यसै कहाँ घट्छ र ?dipa-and-nirmal-sharmaउनलाई आफू दुब्लाउन आवश्यक छ भन्ने लाग्छ । तर आफू मात्र होइन कलाकार दीपाश्री निरौलाको मोटाउँदै गएको शरीरले पनि निर्मललाई चिन्तामा पारेको छ । भाइटिकामा टिका लगाएर बैनी बनाएकी दीपाको शरीर भद्दा हुँदै गएकोमा निर्मल चिन्तित छन् । यसैले उनले दीपालाई शरीर घटाउन सुझाव दिए ।

एक कार्यक्रममा अनलाइनखबरसँग कुरा गर्दै निर्मलले दीपालाई तौल घटाउन आग्रह गरे । पछिल्लो समय दीपाको शरीर मोटो हुँदै गएपछि धेरैलाई यो चिन्ताको बिषय बनेको छ । उसो त दीपा शरीर घटाउन लागि नपरेकी पनि होइनन् । तर पनि मोटो शरीर घटाउन दीपालाई धौ धौ परिरहेको छ । गैडा र दीपाले आफ्नो मोटो शरीरलाई कहिले घटाउलान्, त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment