Comments Add Comment

मेरो ओठ र आँखा खुबै सेक्सी : नीता ढुंगाना

 

nita-and-dipak

चलचित्र ‘छ एकान छ’ ले नायिका नीता ढुंगानालाई चर्चाको शिखरमा पुर्‍याएको छ । अघिल्ला सिनेमाबाट सोचेजस्तो सफलता हात नपारेकी नीता कमेडी बिषयको यो सिनेमाबाट भने राम्रै छलाङ मार्ने दाउँमा छिन् । उनै नायिका नीता ढुंगानासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :

१. दीपकराज गिरीले भनेजस्तै के तपाई सेक्सी नै हो ?

-म सेक्सी छु । मेरो हेराइ सेक्सी छ ।

२. आफ्नो कुन चाहिँ अङ्ग सेक्सी लाग्छ ?

-मेरो ओठ र आँखा खुबै सेक्सी छ ।

३. छ एकान छ का ६ नायक मध्ये मध्ये तपाइको नजरमा कुन असल कलाकार ?

– असल त मेरो लागि दीपकराज गिरी नै हो ।

४. तपाइको नजरमा छ जना मध्ये कुन  हिरो ह्यान्डसम ?

-मेरो नजरमा त शिवहरि पौडेल नै ह्यान्डसम हुनुहुन्छ । उहाँ पर्दामा पनि खुबै राम्रो देखिनु भएको छ ।

५.कमेडी फिल्ममा काम गर्दाको अनुभव कस्तो रह्यो त ?

-अनुभव त धेरै नै फरक रह्यो । यो सिनेमामा काम गर्दा धेरै पटक हाँस्दाहाँस्दै रिसाइयो, रिसाउँदा रिसाउँदै हाँसियो । ४५ दिन कसरी बित्यो पत्तै भएन ।

६. तपाइको व्यवहार बच्चाको जस्तो छ भन्छन्, के यो सही हो ?

-होला म अझै बच्चा छु जस्तै लाग्छ । हुन त यस्तो कुरा मान्छेको हेराइमा भर पर्ने कुरा हो । कोही दाइसँग, कोही अंकल उमेरका मानिसहरुसँग काम गर्दा छ एकान छ मा म बच्चा जस्तै भएको छु ।

७. तपाइले हालै मात्र लिनु भएको फ्ल्याट नीता ढुंगानाको लागि या नायिका नीता ढुंगानाको लागि आवश्यक थियो ?

-पक्कै पनि नायिका नीता ढुंगानाको लागि आवश्यक थियो । नीता मात्र भएको भए त जहाँ जसरी बसेपनि हुन्थ्यो । तर नायिका भएपछि त्यही अनुसार नै बस्नु पर्‍यो हैन र ?

८. सपना कत्तिको देख्नुहुन्छ ?

– धेरै देख्छु ।

९. सपनामा धेरै देख्ने कुरा के हो ?

-म प्रायः सगरमाथा चढेको सपना देख्छु । कहिले पहाड, कहिले हिमाल चढ्छु ।

१०. सपनामा युवकहरुले कत्तिको अंकमाल गरेका छन् त ?

-धेरै आउँछन् सपनामा । कहिलेकाही सलमान खानलाई देख्छु । उसँगै काम गरेको सपना पनि देखेको छु । भोलिका दिनमा उसँग काम गर्छु कि भन्ने पनि लाग्छ ।

११. तपाई एक देखि १० स्थानमध्ये आफूलाई सिने नगरीमा  कुन स्थानमा राख्नु हुन्छ ? तपाई १ नम्बरमा पुग्नु भयो भने कोजस्तो बन्न चाहनुहुन्छ ?

-म कहिलेपनि स्थानमा विश्वास गर्दिनँ । दर्शकको मन जित्ने हो पक्कै पनि सफल भइन्छ । म निरुता सिंहजस्तो तबरले एक नम्बरमा पुग्न चाहन्छु । उहाँले एउटा स्टार भएर पनि स्वभावमा कहिले परिवर्तन गर्नु भएन ।

१२. सिनेमा नगरीमा आएर जोगाउन नसकेको कुरा के होला ?

-मैले सबै कुरा नै जोगाएको छु जस्तो लाग्छ ।

१३. सिने नगरीका सम्भिmने तीन व्यक्तिहरु को को होलान् ?

-नीर शाह, आलोक नेम्वाङ र नायिका अनु शाह ।nita-dhungana१४. प्रेम दिवसको तयारी के भैरहेको छ त ?

-सायद कार्यक्रमको सिलसिलामा अष्ट्रेलिया जान्छु होला । हाल म एक्लै छु । यसैले पनि कसैसँग डेटमा जान्न ।

१५. के आजसम्म नीता ढुंगानाले प्रेम नै गरिनन् होला त ?

-म त्यस्तो पनि भन्दिन । मैले माया गरेको छु । तर अहिले एक्लो छु मात्र भन्न खोजेको ।

१६. छ एकान छ नखेलेको भए तपाई पछुताउनु हुन्थ्यो ?

-पक्कै पनि म पछुताउँथे । किनकि, यो सिनेमामा सुरुवातदेखि अन्त्यसम्म नीता नै नीता मात्र छ ।

१७. यो सिनेमा चलेको वा नचलेको खण्डमा तपाई कति प्रतिशत जिम्मेवारी लिनुहुन्छ ?

-म चलेपनि शत प्रतिशत र नचलेपनि शत प्रतिशत नै जिम्मेवारी लिन्छु ।

१८. सिनेमा चलेमा तपाइको स्टारडम कहाँ पुग्ला अनि नचलेमा कति तल झर्ला ?

-चल्यो भने पक्कै पनि मैले राम्रै फड्को मार्नेछु । नलचेको खण्डमा म जहाँ छु त्यस्तै रहनेछु ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment