Comments Add Comment

विश्वका दुई तिहाइ बालबालिका शारीरिक हिंसाको शिकार

२२ भदौ, काठमाडौं । विश्वका झण्डै दुई तिहाइ बालबालिकामाथि उनीहरुकै अभिभावक एवं संरक्षकहरुबाट नियमितरुपमा शारीरिक हिंसा हुने गरेको पाइएको छ ।

Hidden_in_Plain_Sight_reportसंयुक्त राष्ट्रसंघीय एजेन्सी युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।
‘हिडेन इन प्लेन साइट : ए स्टाटिस्टिकल एनालाइसिस अफ भायोलेन्स अगेन्स्ट चिल्ड्रेन’ नाम दिइएको उक्त प्रतिवेदन विभिन्न १ सय ९० देशका बालबालिकाको अवस्था सम्बन्धी तथ्यांकका आधारमा तयार पारिएको हो ।

‘अहिलेको मानव समुदायमा यदि कुनै साझा विषय छ भने त्यो बालबालिकामाथि निकै भयानक हिंसा हुने गरेको तथ्य नै हो’ युनिसेफकी बाल संरक्षण प्रमुख सुसन बिसेललाई उधृत गर्दै रिपोर्टमा भनिएको छ ।

हिंसा जहाँतहीँ छ भनेर पन्छिन नहुने भन्दै बिसेलले यसको समाधानका लागि केही प्रयास गरिएका, सत्य, मापन गरिएका तथा मूल्यांकन समेत गरिएका विकल्पहरु रहेको बताएकी छन् ।

रिपोर्टअनुसार विश्वमा हुने मानव हत्याका घटनामध्ये हरेक पाँचमा एकजना पीडित व्यक्ति बालबालिका वा किशोर किशोरी नै हुने गरेका छन् । सन् २०१२ मा विश्वभरिमा ९५ हजार जना बालबालिका तथा किशोर किशोरीले ज्यान गुमाएका छन् ।

विश्वमा विद्यालय जाने उमेरका १३ देखि १५ वर्ष उमेरका बालबालिका मध्ये एक तिहाइ भन्दा बढीले विद्यालयमै नियमितरुपमा हिंसा सहनुपरेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

विश्वमा बढ्दो बालहिंसा नियन्त्रण तथा न्यूनीकरणका लागि युनिसेफले ६ वटा रणनीति सुझाएको छ । त्यस्ता रणनीतिमा अभिभावकलाई सहायता गर्ने तथा बालबालिकालाई जीवनउपयोगी सीपबाट दीक्षित गर्ने, धारणामा परिवर्तन ल्याउने, न्यायिक, फौजदारी तथा सामाजिक प्रणाली तथा सेवामा सुदृढीकरण गर्ने, प्रमाणको सिर्जन ागर्ने तथा हिंसा र यसको सामाजिक-आर्थिक तथा मानवीय मूल्यका विषयमा जनचेतना जगाउने रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment