Comments Add Comment

ब्लड क्यान्सर पीडित भुवनलाई ७७ हजार आर्थिक सहयोग

bhuwan-gharti
१ असोज, काठमाडौं । ब्लड क्यान्सर पीडित रोल्पाको राङ्सीका ११ वर्षे भुवन घर्तीमगरलाई नेपाली जनसम्पर्क समिति कोरियाले आर्थिक सहयोग गरेको छ ।

कोरियामा रहेका नेपालीहरुद्धारा संकलित ७० हजार रुपैयाँ र नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले दिएको व्यक्तिगत सात हजार रुपैयाँसहित जम्मा ७७ हजार रुपैयाँ भुवनकी आमा मनिषा घर्तीलाई प्रदान गरिएको हो ।

कांग्रेस नेता शर्माले कान्ति बाल अस्पताल महाराजगन्जमा उक्त रकम प्रदान गरेका हुन् ।

नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाका संयोजक नवराज सिवाकोटीको नेतृत्वमा रहेको टोलीले कोरियामा बस्ने नेपालीहरुमाझ उक्त रकम संकलन गरेका थिए । संकलित रकम शर्मा कोरिया गएको बेला समितिले शर्मालाई पठाएको थियो ।

कक्षा तीनमा अध्ययनरत ११ वर्षे भुवनलाई ब्लड क्यान्सर भएपछि उनको परिवार उपचारका लागि आर्थिक संकलन अभियानमा लागेको छ । भुवनको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई प्रवासमा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाले सहयोग रकम प्रदान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment