Comments Add Comment

केन्याको तटीय क्षेत्रमा आक्रमण, २९ को मृत्यु

२२ असार, केन्या । केन्याको तटीय क्षेत्रमाभएको घातक गोलाबारीमा कम्तिमा २९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

लामु काउन्टी र हिन्दी गाउँको एक व्यापार केन्द्र तथा रीवर काउन्टीको गाम्बास्थित पुलिस स्टेशनमा हतियारधारीहरुले आक्रमण गरेका थिए ।

आक्रमणको जिम्मा सोमालियाको चरमपन्थी संगठन अल शबाबले लिएको छ । शनिबार राति एक दर्जन हतियारधारीहरुले हिन्दी गाउँमा आएर अन्धाधुन्ध फायरिङ गरेको उक्त इलाकाका मुखिया अब्दुल्लाह शाहासीले रोयर्टसलाई बताएका छन् ।

आक्रमणकारीहरुले केही सरकारी कार्यालयमा आगो लगाएका छन् । आक्रमणकारीले घर जलाएको तर, आफूहरुलाई छाडेको एक महिलाले बताएकी छन् ।

अन्तराष्ट्रिय संस्था रोयटर्सका अनुसमर गाम्बामा एक प्रहरी अफिसरसहित ९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment