Comments Add Comment

ब्राजिलका राष्ट्रपतिद्वारा हारको पीडा भुलेर अघि बढ्न आहृवान

Brazil-fan

ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफले विश्वकप फुटबलको सेमिफाइनलमा जर्मनसँग व्यहोरेको ७-१ को लज्जास्पद हारको पीडा बिर्सन आहृवान गरेकी छन् ।

उनले ट्वीट गर्दै भनेकी छन्-‘ब्राजिलका सबै मानिसहरु जस्तै म पनि हारबाट निकै दुःखी छु । तर, हामी आफैलाई टुट्न दिँदैनौं ।’

उनले लेखेकी छन्-‘मलाई आफ्ना सबै खेलाडी र प्रशंसकका लागि दुःख लागेको छ ।’ उनले ब्राजिलका सबै मानिसहरुलाई धुलो टकटक्याउँदै उठ्न र फेरि अघि बढ्न आहृवान गरेकी छन् ।

ब्राजिलमा जर्मनीसँगको हारलाई ऐतिहासिक अपमानका रुपमा लिइएको छ । विश्वकपमा ब्राजिलको यो सबैभन्दा ठूलो हार हो । टोलीको खराव प्रदर्शनको असर आगामी अक्टोबरमा हुने राष्ट्रपति पार्वाचनमा रुसेफमाथि पर्न सक्ने केहीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment