Comments Add Comment

लिओनल मेस्सी भर्सेज जर्मन टिम : को उत्कृष्ट ?

 Lionel-Messi

जहाँ भएपनि क्रिष्टियानो रोनाल्डोले विश्वकप फुटबलको फाइनल भिडन्त हेर्लान् । आधिकारिक रुपमा रोनाल्डो नै विश्वका उत्कृष्ट फुटबलर हुन्, तर उनको चिरप्रतिद्वन्द्वी लिओनल मेस्सी सर्वाधिक ठूलो उपाधिका लागि मैदानमा हुनेछन् ।

बालोन डि’ओर विजेता स्ट्राइकर रोनाल्डो समूह चरणबाटै घर फर्किए । उनले पोर्चुगललाई समूह चरण पार गराउन सकेनन् ।

तर, लिओनल मेस्सी दक्षिण अमेरिकी भूमि ब्राजिलमा चम्किएका छन् । अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गर्दा मेस्सीले नै उत्कृष्ट भूमिका खेलेका छन् ।

सोमबार विहान १२:४५ मा अर्जेन्टिना र जर्मनी उपाधिका लागि माराकानामा भिड्नेछन् । धेरै फुटबल पण्डितहरुले जर्मनीलाई बलियो दाबेदारका रुपमा हेरेका छन् ।

तर, फाइनलसम्मको यात्रा तय गर्ने क्रममा मेस्सीको प्रदर्शन हेर्ने हो भने भन्न सकिन्छ कि अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन उनले कुनै कसर बाँकी राख्ने छैनन् ।

Messi-Vs-Germany

६ खेलमा मेस्सीको प्रदर्शन सिंगो जर्मन टिमको भन्दा राम्रो देखिएको छ । गोल संख्यामा भने जर्मनी अघि छ । मेस्सीले चार गोल गरेको छ भने जर्मनीले कुल १६ गोल गरेको छ । तर, पाएको मौका सदुपयोग, सही प्रहार, सही पास, ड्रिब्लिङमा मेस्सी जर्मन टिमभन्दा कम छैनन् ।

उत्कृष्ट लयमा रहेका मेस्सीकै प्रेरणामा अर्जेन्टिनाले २४ वर्षपछि विश्वकपको फाइनलसम्मको यात्रा तय गरेको छ । उनले समूह चरणमा चार गोल गरेका छन् ।

तर, नकआउट चरणमा भने उनले गोल गर्न सकेका छैनन् । तर, प्रि क्वाटरफाइनलमा स्विट्जरल्याण्डविरुद्ध एन्जल डी मारियाले गरेको गोलको उत्कृष्ट पास मेस्सीले नै मिलाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment