Comments Add Comment

दश अर्ब २९ करोडको बचतपत्र निष्काशन

९ असार काठमाडौं । आर्थिक वर्ष २०७०/०७१ मा सरकारले १० अर्ब २९ करोड रुपैयाँ बराबरका विभिन्न किसिमका वचतपत्रहरु निष्काशन गरेको छ ।

गत वर्ष सरकारले दुई पटक गरि ९ अर्ब रुपैयाँ विकास ऋणपत्र जारी गरेको थियो । सरकारले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पाँच वर्षका लागि र ६ अर्ब रुपैयाँ बnrbरारको ऋणपत्र ७ वर्षका लागि निष्काशन गरेको हो ।

त्यसैगरी ५ वर्षका लागि ९० करोड ६५ लाख रुपैयाँको राष्ट्रिय बचतपत्र र ७ करोड ६४ लाख रुपैयाँको ७ वर्षे बैदेशिक रोजगार बचतपत्र निष्कशन गरेको राष्ट्र बैंकले जनाएको छ ।

यी विभिन्न ऋण तथा वचतपत्रहरुमा साढे आठ देखि साढे ९ प्रतिशतसम्म व्याज प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले न्यून व्याज दिइरहेको अवस्थामा बचतपत्रको लगानी सुरक्ष्ति मात्रै नभई राम्रो प्रतिफलको ग्यारेन्टीसमेत भएको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले नागरिकसँग आन्तरिक ऋण (विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, बैदेशिक रोजगार बचतपत्र) उठाएर विभिन्न विकास निर्माणमा खर्च गर्ने जना पनि सो अनुसार खर्च हुन भने सकेको छैन । स्रोत परिचालनका लागि सरकारले सर्वसाधारणसँग वचत तथा ऋणपत्र जारी गरि रकम उठाउने गर्छ । सरकारले बजेटमा आन्तरिक ऋण उठाउने लक्ष्य राखेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment