Comments Add Comment

गाजा संघर्षको पीडाः छोरीको जन्म अघि नै आमाले संसार छाडिन्

Israeli-Attack-in-gaza

१० साउन, काठमाडौं । एक बच्ची जसले यो दुनियामा पाइला समेत टेकेकी थिइनन्, उनकी आमाले संसार छाडिन् । यो गाजामा इजरायली आक्रमणले दिएको पीडा हो ।

शुक्रबार विहान भएको हवाइ आक्रमणमा एक महिलाको मृत्यु भयो, जसको प्रसवमा दुई साता बाँकी थियो । अपरेशन गरेर चिकित्सकले बच्चीलाई बचाएका छन् ।

गाजाको एक अस्पतालमा बच्चीको उपचार भइरहेको बीबीसीले जनाएको छ । नवजात शिशुलाई बताउन सबै प्रयास भइरहेको र बाच्ने सम्भावना ५० प्रतिशत रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

संयुक्त राष्ट्रसंघ परिसरमा अन्य केही परिवारका साथ ती महिला पनि बस्दै आएका थिए । जुन भवन आक्रमणमा ध्वस्त भएको छ ।  एकाविहानै बम खसालिएपछि भवनको भत्नावशेषले महिलालाई पुरेको थियो, जहाँ उनको मृत्यु भयो ।

यसअघि बिहीबार राष्ट्रसंघले नै चलाएको एक स्कुलमा पनि इजरायली हजाइ आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment