+
+

भतिजोले अन्तरजातीय बिहे गर्दा काकाको परिवार विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ९ गते १६:०९

ramnewas-with-Fimely

सलमान खान

९ भदौ, कपिलवस्तु । दलित युवकले अन्तरजातिय विवाह गर्दा कपिलवस्तुमा तीन दलित परिवार विस्थापित भएका छन् ।

कपिलवस्तुको लवनी-५ का २१ वर्षीय विनयकुमार हरिजन र सोही स्थानकी १९ वर्षीया सीता चौधरीले गत साउन २१ गते भागेर विवाह गरेका थिए । विनयकुमार र सीताले भागी बिहे गरेपछि हरिजनका आफन्त विस्तावित भएका हुन् ।

केटी पक्षका परिवारले धम्की दिँदै केटाको घरमा ताला लगाएपछि हरिजानका काकाका परिवार गाउँ छोडेका छन् । तीन परिवारका १६ जना थिए ।

प्रहरीकै अगाडि युवती परिवारले आक्रमणको प्रयास गरेपछि असुरक्षा महसुस भएको हजिनका काका रामनेवास हरिजनले बताए ।

ramnewas-house

आफु र आफ्नो परिवारलाई लुकाउँदै हिडेको ३ दिन भइसक्दा पनि प्रहरीले पनि सहयोग नगरेको उनको गुनासो छ । उनले भने-‘प्रहरी कै अगाडि ढुंगा-मुढाले आक्रमणको प्रयास गरेपछि प्रहरीले पनि घर छोडेर जान भन्यो ।’

अन्य परिवार कहाँ छन् भन्ने प्रश्नमा उनले युवती परिवारको धम्कीपछि सबै घर छाडेर हिँडेको तर, कहाँ छ भन्ने बारे आफुलाई केही थाहा नभएको उनले बताए ।

विनयकुमार हरिजनकी काकी गीता हरिजनले भनिन्-‘प्रहरी कार्यालय गयो भने उल्टै भतिजालाई उपस्थित गराउनु भन्छन् । केटाकेटी कहाँ छन् भन्ने हामीलाई थाहा नभएपछि कहाँ बाट युवा युवतीलाई उपस्थित गराउने त ।’

इप्रका पकडीका इन्चार्ज एवं प्रहरी निरीक्षक श्रीराज कुँवरले प्रहरीले भने केटाकेटीको खोजी भइरहेको बताए । उनले केटाकेटी राजीखुसीले विवाह गरेको भए घरमा बास्दा सुरक्षा दिन आफू तयार रहेको बताए ।

नन्दनगर माविको कक्षा १० मा अध्ययनरत विनयकुमार फेल भएर पुनः परिक्षाको तयारीमा थिए भने सीताले श्री छत्रपाली तिर्था देबि उच्च मा.बि. पकडीमा ११ मा पढि्थन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?