Comments Add Comment

चियाले बनाउँछ सुन्दर छाला तथा गठिलो सरीर

tea
चिया पिउनु मानसिक, संवेगात्मक, सामाजिक तथा शारीरिक रुपले फाइदाजनक हुन्छ । वैज्ञानिक अनुसन्धानबाट समेत चियाले मानव स्वास्थ्यमा पूराउने फाइदाका विषयमा पुष्टि भैसकेको छ । चियाको सेवले मानिसमा सौन्दर्य वृद्धि मात्र होइन तौल घटाउन तथा जिउको छालामा जलप्रवाहलाई नियमित बनाएर सुख्खा हुनबाट बचाउँछ ।
विज्ञहरुका अनुसार चियाका फाइदा निम्न छन्-
छालामा पानीको प्रवाह गर्छ । छाला तथा सरीरका अन्य अंगमा हाइड्रेसन अर्थात् पानीको पर्याप्त प्रवाह स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । चाहे ब्लाक टी होस् वा मिल्क टी वा गि्रन टी यी सबैको सन्तुलित सेवन छालाको स्वास्थ्यका लागि महत्पपूर्ण हुन्छ । पसिनाबाट नष्ट हुने सरीरको पानीलाई पुनभरण गर्न चियापानले महत्वपूर्ण भूमिका खेल्छ । चियापानले छाला पोल्ने तथा चिलाउने जस्ता समस्या समेत कम गर्ने विज्ञहरुको दाबी छ ।
चियाको सेवनले वजन नियन्त्रणमा समेत सहयोग गर्छ । चिया नपिउने मानिसमा भन्दा पिउने मानिसहरुमा मोटोपनाको समस्या कम हुने अध्ययनले देखाएको छ । यसका लागि चिनी नराखिएको मिल्क टी निकै उपयुक्त हुन्छ ।
चियामा हाम्रो छालाका लागि अत्यावश्यक जलप्रवाह गर्ने गुण हुने तथा वजन नियन्त्रणमा समेत सहयोगी हुने मात्र होइन अनुहारको चायापोतो हटाउन तथा अनुहारलाई चम्किलो बनाउन टी ब्याग निकै सहयोगी बन्दछ । मनतातो पानीमा टि ब्याग छापेर चिम्लिएको आँखामाथि केहीबेर राख्नाले आँखा वरपरको कालो धब्बा तथा दाग हटाउन मद्धत गर्दछ । चिया हालेर पकाएको पानीले कपाल धुँदा कपाल झर्ने समस्या समेत कम हुन्छ ।

                                                                                       श्रोत : फिमेलफस्र्ट डट को डट युके

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment