Comments Add Comment

वेस्टर्न युनियनको दशौं बिजेता सकुन सुब्बा

Western-Union
१२ भदौ, काठमाडौं । वेस्टर्न युनियनले २०औं वाषिर्कोत्सवको अवसरमा ग्राहकहरुका लागि ल्याएको साप्ताहिक पैसा दोब्बर योजनाको दशौं विजेता सकुन कुमार सुब्बा भएका छन् ।

बेलडागी झापा निवासी सकुन कुमार सुब्बाले वेस्टर्न यूनियनको सब एजेन्टबाट यसै हप्ता रेमिटेन्स प्राप्त गरेका थिए । यस हप्ता वेस्टर्न यूनियन मार्फत रकम प्राप्त गर्ने ग्राहकहरुमध्ये लक्की ड्रबाट उनी विजेता भएका हुन् ।

हरेक हप्ता वेस्टर्न युनियनको एमटीसीएन कोडबाट लक्की ड्र गरेर कम्पनीले ग्राहकहरुलाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिन्छ । जसमा अधिकतम ५० हजार रुपैयाँ वा आफुले पाएको रकम बराबरको रकममध्ये जुन कम हुन्छ त्यही उपहारमा हस्तान्तरण गर्छ ।

बीस हप्तासम्म चल्ने यस प्रर्वद्धन योजनाको अवधिभर कुल १० लाख रुपैयाँको पुरस्कार जित्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment