Comments Add Comment

मूल्य नपाएपछि किसानले नै बेच्न थाले मासु

meat८ असोज, झापा । मासु व्यवसायीले ठगेको भन्दै झापाका कुखुरापालक किसानले आफैं मासु बिक्री गर्न थालेका छन् । दसैं नजिकिँदै गर्दा समेत कुखुराको मूल्य नपाएपछि उनीहरु आफैंले मासु बिक्री सुरु गरेका हुन् ।

उपभोक्तालाई सहज रुपमा मासु उपलब्ध गराउन झापाका कुखुरापालक व्यवसायीले झापाको विर्तामोडमा चिकन फेस्टिबलको नाम दिएर मासु बेच्न थालेका छन् । विजया दशमीको अवसर पारेर विर्तामोड नगरपालिका-२ का कुखुरापालक व्यवसायी राजु गौतमसहित तारानिधि खनाल, भरत पाठक, नारायण तिम्सिना र सुशान्त अधिकारीले चिकन फेस्टिबलको आयोजना गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

कुखुरापालकले बिचौलियाका कारण किसानले पनि जिउँदो कुखुराको उचित मूल्यमा मासू नपाएपछि यस्तो कार्य थालिएको बताए । उनीहरुले मासुको मूल्यमा एकरुपता ल्याउँदै प्रतिकेजी एक सय ९९ रुपैयाँमा मासु उपलब्ध गराउने बताएका छन् ।

आगामी असोज १६ गते बिहीबारसम्म सञ्चालन गरिने फेस्टिबलमा कृषकले उत्पादन गरेका जिउँदो कुखुरासमेत बजार मूल्यभन्दा केही प्रतिशत बढी मूल्य दिएर खरिद गर्ने तथा सस्तो मूल्यमा मासु बिक्री गर्न आफूहरुको उद्देश्य रहेको कुखुरापालक गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment