Comments Add Comment

‘आफ्नो इज्जत जोगाउनुपर्छ, आत्मसमर्पण कमजोरी’ : कोमल वली

komal-oli-hot-photo
लोकगायिका कोमल वली सधै नै बिहेको कारणले चर्चामा रहन्छिन् । लोकगीतमा समेत बिहे र रोमान्सका कुरा गर्ने वली आफू सधै नै रोमान्टिक रुपमा अगाडि बढेको बताउँछिन् ।

लोकगीत परिवर्तन हुँदैछ
मेरो विचारमा लोकगीत परिवर्तन हुँदैछ । तर, राज्यले यतातर्फ ध्यान दिएको म पाउँदिन । समय र मानिस परिवर्तन भएसँगै लोकगीतको प्रस्तुती पनि परिवर्तित भएको भन्ने मलाई लाग्छ । उसो त हिजोआज लोकगीतको शैली छाडा बन्दै गएको पनि भनिन्छ । तर, कुनै पनि कलाकारले लगानी गरेपछि राम्रो र नराम्रो भन्ने अधिकार मलाई छैन । यो समयले मागेको हो भन्ने लाग्छ । दर्शक र मिडियाले विरोध गर्ने हो भने आफै छाडापन हट्छ ।

सिनेमा, समाचार र लोकगीत
मैले सिनेमामा काम गरेर धेरै कुरा सिक्ने मौका पाए । फिल्म तयार भएपछि मात्र महत्व थाहा हुँदोरहेछ । सिनेमामा काम गरेर मैले सन्तोष महशुश गरिरहेको छु । मलाई समाचार र सिनेमा भन्दा लोकगीत नै उत्तम लाग्यो । लोकगीतमा मेरो जीवन छ । जुन सिनेमा र समाचार वाचनमा छैन । तर, सिनेमाले पात्र अनुसारको भूमिका गर्न सिकाउँछ ।

‘भर्जिन’ नै छु
यो मेरो नितान्त व्यक्तीगत कुरा हो । तर, पनि यसबिषयमा मैले मुख खोलेको थिए । जसले जे भनेपनि म ‘भर्जिन’ नै छु । म वनावटी कुरा बोल्न चाहन्न ।

विवाह महत्वमा छैन
मानिसको जीवनमा कुन कुरालाई महत्व दिने भन्ने हो । मैले विवाहलाई कहिले पनि प्राथमिकतामा राखिन । म आफ्नो कामबाट नै सन्तुष्ट छु । मलाई चाहने मानिसहरुले चाहेकै छन् । विवाह फेरि आफैमा स्वतन्त्रताको हनन पनि त हो । म जीवनलाई रोमान्टिक रुपमा अगाडि बढाउन चाहन्छु, जुन मैले सकेको छु । यसैले, विवाहलाई महत्व दिएको छैन । komal-oli-hot
 म अहिले झनै सुन्दर
म धेरै पटक ऐना हेर्छु । हरेकपल्ट मलाई आफू सुन्दर लाग्छ । सानो हुँदा निक्कै चाडो-चाडो ठूली हुन मन लाग्थ्यो । मैले माउन्ट टापु पुगेर आफू कती सुन्दर रहेछु भनेर महशुश गरे । मानिसले आफूले आफूलाई सधै नै सुन्दर देख्नुपर्छ । मलाई त अहिले झनै आफू सुन्दर भएको छु भन्ने लाग्छ ।
प्रेम र डेटिङ
एसएलसी दिनासाथ एक केटा साथी खुबै मनपथ्र्यो । तर, त्यो केटाले मेरो अर्को केटी साथी मनपराउँदो रहेछ । प्रमाणपत्र पढ्दाको कुरा हो, एउटा केटा साथीले मलाई लाइब्रेरीमा प्रपोज गर्‍यो । तर, म एथलेटिक्समा भाग लिन बंगलादेश गए । धेरै क्लोज भएपछि बिहे गर्नुपर्छ भन्ने लाग्छ मलाई । कारण, उसको पनि आफूमाथि आशा धेरै हुन्छ । यसैले, पनि कोहीसँग निक्कै नजिक भइन ।

सपना पुरा भयो
उसो त मानिसको सपना केही गरेर पनि पुरा हुँदैन । सामान्य केटी मान्छे, आज काठमाण्डौ आएर सबैको माया पाएकी छु । सबै कुराको प्राप्ती त कहाँ हुन्छ र । तर, पनि सबैको माया पाएँ, यसैमा खुशी छु ।

मैले त्यस्तो समय पार गर्नु परेन
मैले पनि सुनेको छु, केटीहरुलाई आफ्ना केही चाहना पुरा गर्न शरीर नै सुम्पनु पर्छ रे । तर, मैले कहिले पनि यस्तो समय पार गर्नु परेन । आफू कहाँ उभिने र कसरी अगाडि बढ्ने भन्ने कुरा व्यक्तीमा भर पर्छ । यूवती सुन्दर हुन्छन् र पुरुष सुन्दर चिजको पछि लाग्नु स्वभाविक नै हो । आफूसँग भएको चार्मलाई जोगाएर राख्न सक्नुपर्छ । आफ्नो ईज्जत दाउमा राख्ने प्रस्तावहरुलाई सोझै प्रतिकार गर्न सक्नुपर्छ । आत्मसर्मपण गर्नु कमजोरी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment