Comments Add Comment

सिंहदरबार भत्काएर नयाँ बनाउनुपर्छ : कुमार लिङदेन

३१ असोज, काठमाडौं । संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले सिंहदरबार र नेपाल प्रज्ञा प्रतिष्ठान भत्काउनुपर्ने बताएका छन् ।

IMG_1205‘आजको आवश्यकता काठमाडौंमा रहेको सिंहदरबारलाई भत्काउनुपर्छ । प्रज्ञा प्रतिष्ठानलाई भत्काउनुपर्छ’ शुक्रबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित २२ दलको विरोधसभामा लिङदेनले भने-‘ताप्लेजुङका जनताको समस्या नसुन्ने र अलैंचीको करमात्रै उठाउने सिंहदरबार भत्काएर नयाँ सिंहदरबार बनाउनुपर्छ ।’

पूर्वी नेपालमा लिम्बुवान प्रदेशको माग गर्दै आइरहेको लिम्बुवान पार्टीले अरुण पूर्व लिम्बुवान स्वायत्त राज्य नभए आन्दोलन गर्ने लिङदेनले बताए । लिम्बुवान दिँदा देश नटुक्रिने दाबी गर्दै उनले भने, ‘लिम्बुवान सदा सदा नेपालमा रहन्छौं । हामीले बनाउने लिम्बुवान सबै जातजातिको साझा लिम्बुवान हुनेछ ।’

सिंहदरवारले लिम्बुवानलाई अस्वीकार गरे आफहरुले पनि सिंहदरवारलाई नमान्ने उनले बताए ।

कांग्रेस र एमालेले समानुपातिक निर्वाचन प्रणालीलाई अस्वीकार गरेकोमा लिङदेनले आपत्ति जनाए । ‘कांग्रेस र एमालेले समानुपातिक काटेर जान्छ भने यो देशमा विद्रोह हुनेछ,’उनले भने, ‘त्यो विद्रोह लिम्बुवानबाटै द्वन्द्व सुरु हुन्छ ।’

एमाओवादी, मधेसवादी र जनजाति पार्टीहरुको सहभागितामा आयोजित विरोधसभामा लिङदेनभन्दा पहिले बोलेका परशुराम तामाङले संविधानसभाभित्र मात्रै होइन, बाहिरका शक्तिको पनि सहमति लिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment