Comments Add Comment

सहमति जुटाउन नसक्दा हीनताबोध भएको छ : बाबुराम

२ कात्तिक काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमति जुटाउन नसक्दा हीनताबोध भएको बताएका छन् ।

तर, आफू निराश भने नभएको उनले बताए ।

Baburam-in-samsadसंविधानसभामा संविधानसभामा सम्वाद समितिको प्रतिवेदन पेश गर्दै भट्टराईले भने-‘तेस्रो पटक यहाँ उभिएर समितिको प्रतिवेदन प्रस्तुत गर्न लाग्दा केही असहजता, केही आशंका, केही अन्यौल, केही हीनताबोधको अनुभुति अवश्य भएको छ । तर, हामी निराश भएका छैनौं, म निराश भएको छैन ।’

संवाद समितिबाट सहमति निर्माण गर्न केही ढिला भएको स्वीकार गर्दै उनले भने-तर, निराशाको र अन्धकारको पाटो मात्रै छैन । १२ बुँदे समझदारीयताका मुख्य सहयात्रीहरु छन्, उनीहरुका बीचमा एउटा गम्भीरता देखा परेको छ ।’

सहमति नहुनुको अर्थ दलहरु असफल भए र अब सहमति गर्न सक्दैनौं भन्ने ठाउँमा पुगेकेा नभएको उनले बताए ।

संविधानलाई समाजमा विद्यमान विभिन्न वर्ग, जाति, समुदायहरुको बीचको अंशवण्डाको दस्तावेज भन्दै भन्दै उनले भिन्न दृष्टिकोण र पृष्ठभूमि भएका शक्तिहरुबीच सम्झौता गरेर अधिकार र साधन-स्रोतको बाँडफाँड गर्नु सहज नहुने बताए ।

माघ ८ भित्रै संविधान जारी गर्न आफुहरु प्रतिबद्ध रहेको भन्दै उनले त्यसलाई कायम राख्दै कार्यतालिका हेरफेर गर्नु पर्ने बताए । दलहरु सहमतिमा आउनुको विकल्प नभएको भन्दै उनले संविधानका विवादित विषयमा सहमति हुन नुसके त्यसलाई टुंग्याउने विधि के हो, त्यो विधिमा पनि हामी सहमत हुन जरुरी रहेको बताए ।

सहमतिको प्रयासलाई अनन्तकालसम्म लम्ब्याउन नहुने भन्दै उनले महत्वपूर्ण विषयमा सहमति गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन ।

सम्वाद समितिको प्रतिवेदनमाथि संविधानसभामा मंगलबारबाट छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment