Comments Add Comment

छुवाछुत मुद्दामा चाँडो कारबाही गर्न निर्देशन

३ कात्तिक, भैरहवा । जातीय छुवाछुत तथा बिभेदका मुद्दामा कुनै प्रकारको ढिला सूस्ती नगर्न रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकालले निर्देशन दिएका छन ।
भैरहवामा आयोजित कार्यक्रममा ढकालले मातहतका कर्मचारीलाई छुवाछुत र विभेदका मुद्दामा सकेसम्म चाँडो कारबाही गर्न निर्देशन दिएका हुन् । रुपन्देहीको जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीका सम्पूर्ण प्रहरी युनिटका प्रमुखहरुलाई जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ को विषयमा अभिमुखिकरणका लागि कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा जातीय मुद्दाहरु बारे जाहेरी लिएर जादा प्रहरीले जाहेरी दर्ता नगर्ने र सामान्य मिलापत्र गरी आरोपीहरुलाई उम्काउने गरेको जागरण मिडिया सेन्टरका सचिव शिवजी गायकले आरोप लगाएका थिए । उनले भने-‘नेपालमा दलितहरुको हकहितमा कार्य गर्न बलियो कानुन रहे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसकिएको हुदा दलितहरु अझै पनि पिडित हुन परेको छ ।’

सलमान खानबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment