Comments Add Comment

प्रचण्डलाई ठूलो मान्छे बनाउन सकिन्न : ओली

KP OLI३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान आउन नदिन दोहोरो चरित्र निर्वाह गरिरहेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कार कार्यक्रममा उनले संविधान निर्माण गर्न लाग्ने सर्तमा एमाओवादी प्रचण्डलाई राजनीतिक समितिको संयोजक बनाएको दावी गरे ।

तर प्रचण्डले संयन्त्रको संयोजक बनेपछि २२ दलका २२ सय मान्छे जम्मा गरेर माघ ८ गते संविधानसभाबाट संविधान जारी हुन नदिने षड्यन्त्रमा लागेको आरोप उनले लगाए ।

देशलाई तल पारेर प्रचण्ड आफू ठूलो हुने योजनामा रहेको दाबी गर्दै उनले भने- ‘देशलाई तल पारेर व्यक्तिलाई ठूलो पार्ने काम एमालेले कदापि गर्दैन र त्यो कुरा प्रचण्डले कल्पना नगरेपनि हुन्छ ।’

चार प्रदेश ठीक

उनले एमाओवादी र मधेसवादी दलले भनेजस्तो धेरै प्रदेशमा मुलुकलाई नटुक्राउने स्पष्ट पार्दै चार प्रदेशमा लगिने बताए ।

आफू कोशी, राजधानी, गण्डकी र कणर्ाली प्रदेशको पक्षमा रहेको बताउँदै सहमतिकोलागि बढीमा छ प्रदेशसम्म जान सकिने तर माओवादीहरु ६ प्रदेशमा नआए चार प्रदेशमा आफूहरु फर्कने चेतावनी दिए ।

‘राष्ट्रिय संसद भवन नभएर भाडामा बस्नु परेको छ । १० प्रदेश बनाएर गभर्नर, मुख्य मन्त्री, मन्त्री, संसदको कार्यालय र आवासगृह अहिले बनाएर संघीयता संस्थागत गर्न सकिन्छ ? ओलीले प्रश्न गरे ।

उनले मुलुक धेरै प्रदेशमा गए आउँदो १०० वर्ष प्रदेश निर्माण गर्नेमा समय खर्चिने समेत स्पष्ट पारेका छन् । उनले केन्द्रले स्रोत जुटाएर प्रदेश चलाउन नसकिने पनि बताए ।

माघ ८ पछि सुशील ‘आउट’

अर्को एक प्रसंगमा ओलीले माघ ८ गतेपछि सुशील कोइराला प्रधानमन्त्रीकेा कुर्सीमा बस्न नमिल्ने बताए । कोइरालाले आइतवारमात्र संविधान जारी नभएसम्म आफूले कुर्सी नछाड्ने बताएका थिए ।

रिपोर्टर्स क्लब नेपालले सहमतिमा संविधान जारी गर्न दवाव दिने उद्देश्यले सुरु गरेको अभियान अन्तर्गत क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा पत्रकारको टोली ओली निवास बालकोट पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment