Comments Add Comment

महाकवि देवकोटालाई स्रष्टाले सम्झिए

devkota-1४ कात्तिक, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको पूर्व सन्ध्यामा स्रष्टाहरुले स्मरण गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुधवार राजधानीमा भएको कार्यक्रममा स्रष्टाहरुले महाकवि देवकोटा र समसामयिक साहित्यकोबारेमा चर्चा गरे ।

१०६ औँ लक्ष्मी जयन्तीको अवसरमा मंगलवार ‘सममायिक साहित्यिक सन्दर्भमा महाकवि देवकोटा’ विषयक विचार गोष्ठीमा बोल्दै साहित्यकार गंगाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानको परिकल्पनाकार देवकोटा नेपाली साहित्य जगत्का विशिष्ट साधक भएकाले नेपाली वाङ्मयिक समाजले उचित सम्मान पु¥याउन नसकेको गुनासो गरे ।

संस्कृतिविद् सत्यमोहन जोशीले देवकोटा प्रयोगवादी काव्य धाराका प्रवर्तक भएको भन्दै देवकोटाको रचनाको भण्डारले आजको परिवर्तित समयमा पनि उत्तिकै महत्व राख्ने बताए ।

देवकोटाका साहित्यका विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. गोविन्दराज भट्टराई र डा. रामप्रसाद ज्ञवालीले देवकोटाका कविताले आजको समसामयिक साहित्यिक सन्दर्भमा उत्तिकै महत्व रहेको बताए ।

कार्यक्रममा आहुति, वियोगी बुढाथोकी, शशी लुमुम्बू, लक्ष्मी माली, आरएम डङ्गोल, मोमिला, टंक उप्रेती, ठाकुर बेल्बासे, अविनाश श्रेष्ठ, वासुदेव अधिकारी, स्वप्नील स्मृति, विनोदविक्रम केसी, उपेन्द्र सुब्बा, गीता कार्की, सुरेश किरणलगायतले देवकोटा सम्झनामा कविता वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment