Comments Add Comment

शङ्खधर साख्वाःले काम गरेकाले पहिचान बन्योः ओली

kp-oli६ कात्तिक, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शङ्खधर साख्वाःले काम गरेकै कारण उनको पहिचान बनेको बताएका छन् ।

एमाले जिल्ला कमिटी भक्तपुरले विहीवार ठिमीको बालकुमारीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काम नगरी कसैको पनि पहिचान नबन्ने बताए ।

‘पहिचानको माग गरिएको छ, पहिचान भनेको आफैंले बनाउने हो,’ ओलीले भने, ‘काम गरे पहिचान बन्छ, नबने बन्दैन ।’ विपक्षी दलहरुले पहिचानको माग गर्दै गरेको आन्दोलनप्रति आपत्ति जनाउँदै ओलीले बहुप्रदेशले देशलाई कंगाल बनाउने टिप्पणी गरे ।

संविधानसभामा एकतिहाइ भन्दा बढी कसैको नभएको र संविधान जारी गर्न दुई तिहाइ नै चाहिने भएकाले सहमति आवश्यक हुने ओलीले जिकिर गरे । सहमतिबाटै माघ ८ गतेभित्र संविधान जारी हुने पनि उनले दावी गरे ।

उद्योग मन्त्री महेश बस्नेतसमेतको सहभागिता रहेको सो कार्यक्रममा एमाले अध्यक्ष ओली र मन्त्री बस्नेतले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment