Comments Add Comment

आजदेखि नेपाल सम्वत् ११३५ सुरु

७ कात्तिक, काठमाडौं । नेपाल सम्वत् ११३५ आज नेपालभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

NEPAL-SAMBAT-1135-FINAL
नेपाल सम्वत ११३५ को अवसरमा पोखरामा निकालिएको र्‍याली । तस्विर : उमेश पुन/अनलाइनखबर

सामान्य ब्यापारी शङ्खधर साख्वाःले ईसं ८८० मा काठमाडौं उपत्यकाका गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।

नेपाल संवतमा पदयात्रा

यसैबीच नेपाल संवत् ११३५ को अवसरमा शुक्रबार राजधानीमा पदयात्रा गरिएको छ । नेपाल संवत् मूल समारोह समिति ११३५ ले आयोजना गरेको पदयात्रा बसन्तपुरबाट सुरु भएर जैसीदेवल, लगन, जैसीदेवल, भीमसेनस्थान, नरदेवी, बाङ्गेमुढा, असन, मछिन्द्रबहाल, इन्द्रचोक हुँदै सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो ।

vintuna-rally-Final2
कीर्तिपुरमा भिन्तुना र्‍यालीमा नेवार समुदायका महिलाहरू । तस्विर : विकास श्रेष्ठ

कीर्तिपुर र भक्तपुरमा पनि परम्परागत झाँकी सहितको र्‍याली निकालिएको थियो ।

नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाले जनताको ऋण मोचन गरी स्थापना गरेको सो संवत् विश्वमै देशका नाममा स्थापित एक मात्र संवत् हो । नेपाल सरकारले नेपाल संवत् ११२९ मा सो संवत्लाई राष्ट्रिय संवतको औपचारिक मान्यता प्रदान गरिसकेको छ ।

vintuna-rally-Final
नेपाल सम्वत ११३५ को अवसरमा भक्तपुरमा निकालिएको र्‍याली । तस्विर : विकास श्रेष्ठ

काठमाडौं, भक्तपुर, ललितपुर, थिमि, कीर्तिपुर, बुङ्मती, बौद्धलगायत काठमाडौं उपत्यकाको तीनै सहर र उपत्यका बाहिर समेत नेपाल सम्वतको नयाँ वर्ष हर्षोल्लासका साथ मनाइन्छ ।

नेपाल संवतले ८८८ सम्म राष्ट्रिय सम्वतको मान्यता पाई आधिकारिकता पाएको थियो । तर विसं १९६० देखि भने नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिन छोडिएको थियो । राणा शासन अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चल्दै आएको छ ।

नेपाल सम्वतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५५ सालमा सरकारले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment