Comments Add Comment

जनस्तरबाट सुरु गरिएको नेपाल सम्बत मौलिक होः प्रचण्ड

prachanda  (4)७ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल मौलिक सम्बत भएको बताएका छन् । नेपाल सम्वत् ११३५ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै प्रचण्डले भनेका छन्-‘नेपाल सम्वतको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र सम्बृद्धिको हार्दिक कामना गर्न चाहन्छु । देश नयाँ संविधान निर्माणको तयारीमा रहेको बेला मनाउन लागिएको यो नयाँ नेपाल सम्वत्ले नयाँ युगमा प्रवेश गर्ने ढोका खोल्नेछ भन्ने विश्वास लिएको छु ।’
जनस्तरबाट सुरु भएको सम्बत भन्दै प्रचण्डले यो मौलिक सम्वत् भएको बताएका छन् । उनले भने-‘नेपालको संस्कृति, सहिष्णुता तथा भाइचारा सम्बन्धको प्रतिक हो । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ११३५ वर्षअधि समाजसेवामार्फत् सुरु गर्नुभएको यो सम्वत्लाई नेपालको मौलिक सम्वत्का रुपमा स्थापित गर्नका लागि पनि जनस्तरबाटै भूमिका खेलिएको छ । त्यसैले यो आम जनताको संघर्ष र गौरवको प्रतिक पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment