Comments Add Comment

अपडेटः बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

७ कात्तिक, विदुर । काठमाडौबाट रसुवा जान लागेको बस नुवाकोटको बेलकोटमा दुर्घटना हुदाँ कम्तिमा १४ जनाको मृत्यु भएको छ । काठमाडौबाट रसुवाको सदरमुकाम धुञ्चे जान लागेको बा.२ ख २२६६ नम्बरको बस पासाङल्यामु मार्ग अन्तरगत नुवाकोटको बेलकोट गाविसको वडा नम्बर ५ आरुबोटेभीर भन्न्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्इ विदेशीसहित दुर्घटनामा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश महिला रहेका छन् । ज्यान गुमाउनेमा दुई जना इजरायली र एक जना स्पेनिस नागरिक रहेका छन् । दुर्घटनामा परि ३३ जना भन्दा बढी घाइते भएका छन् ।

घाइते भएका मध्ये त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना, जनमैत्री अस्पतालमा तीन जना, ग्रीनसिटी अस्पतालमा १७ जना, न्युरो अस्पतालमा चार जना र मेगा अस्पतालमा तीनजनाको उपचार भइरहेको छ ।

नुवाकोटको जिल्ला अस्पताल त्रिशुली, पञ्चकन्या सामुदायिक अस्पताल बट्टारमा पनि घाइतेहरुको उपचार भइरहेको छ । घाइते भएर उपचार गराउनेको संख्या ३३ जना भन्दा बढी रहेको प्रहरीले जनाएको छ । साँघुरो बाटोमा क्षमता भन्दा बढी यात्रु भएको कारण बस दुर्घटना भएको नुवाकोट प्रहरीले जनाएको छ ।

बसमा भित्र र छतमा गरी ६५ जना भन्दा बढी यात्रु रहेको सह-चालक प्रविण गिरीले बताए ।बस भीरबाट तीन भल्ड्याङ खाएको सह-चालक गिरीले बताए । दुर्घटनामा परी बसका चालक नुवाकोट बेलकोटका दीपक तामाङको खुट्टा भाँचिएको छ भने गाडी धनी नुवाकोट गेर्खुका कविन्द्र श्रेष्ठको शरिरको विभिन्न अंगमा चोट लागेको अवस्थामा काठमाडौमा उपचार भइरहेको छ ।

सडकबाट एक सय मिटर तल पुगेको बसको भीरमा अडि्कएको हुदाँ उद्धारकार्यमा ढिलाई भएको थियो । दुर्घटनापछि बसभित्र यात्रुहरु चिच्याइरहेपनि उद्धारमा परि चालित नेपाली सेना, नेपाल प्रहरी स्थानीयवासीलाई ६ घण्टा भन्दा बढी लागेको पत्रकार कपिलदेव खनालले बताए ।

घटनास्थलमा नेपाली सेनाले हेलिकोप्टरबाट उद्धार टोली उतारेको थियो । घटनास्थल नुवाकोट सदरमुकाम विदुरबाट २५ किलोमिटर पूर्वमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment