Comments Add Comment

अमेरिकी चुनावप्रचारमा नेपालीहरूको सक्रियता

 विजय थापा 

john foustभर्जिनिया । अमेरिकामा आगामी नोभेम्बर ४ तारिखमा हुने निर्वाचनका लागि नेपालीहरू चुनावप्रचारमा जुटेका छन् । चुनावी प्रचारको क्रममा नेपालीहरूले शक्ति प्रदर्शनसमेत गरेका छन् । उम्मेदवारहरूले निर्वाचनमा नेपाली समुदायलाई लक्षित गर्दै आफ्नो पक्षमा मत ल्याउन नेपाली समुदायसंगको भेटघाटलाई तीब्र पारेपछि नेपालीहरूले चुनावी प्रचारप्रसारमा आफ्नो सक्रियता बढाएका हुन् ।

 बिगत एक दशकदेखि डीसी महानगर क्षेत्रमा नेपाली समुदायको जनघनत्व गणितीय रुपमा बढी रहेको छ l बुधबार साँझ डिसी महानगर क्षेत्र १० का डेमोक्रेटिकका उम्मेदवार जन फाउस्टसंग राखिएको भेटघाट कार्यक्रममा डीसी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले शक्ति प्रदर्शन नै गरे ।

 छोटो समयको सूचनामै नेपाली मुलका अमेरिकीको आवाज व्हाइट हाउस सम्म पुर्र्याउनकै लागि आफूहरूको हित अनुकुल काम गर्ने उम्मेदवारको प्रचारप्रसारमा जुटेका हुन् । डेमोक्राटिकका उम्मेदवार जन फाउस्टलाई भेट्न सभाकक्षमा नेपालीहरूको भिंड रहेको थियो ।

 john foust-2आप्रवासन पद्धति सुधारमा जोड

डेमोक्रेटिकका उम्मेदवार जन फाउस्टले आप्रवासन पद्धति आवश्यक हुने भन्दै आप्रवासन पद्धति सुधार गर्दै अल्प संख्यकहरुलाई सुरक्षित गर्नुपर्नेमा जोड दिए । नेपालीहरुको उपस्थितिलार्इ देखेर चकित परेका फाउस्टले नेपालीहरुसंग मिलेर काम गर्ने बताए ।

 उनले आफ्ना गरेका कामहरुकोबारेमा प्रकाश पार्दै हामीलाई आप्रवासन पद्धति आवश्यक हुन्छ भन्दै आप्रवासन पद्धति सुधार पनि गर्दै लैजानु पर्नेछ भन्दै अल्प संख्यकहरुलाई सुरक्षित गर्नु पर्ने कुरामा जोड दिए ।

 आयोजकको तर्फबाट समाजसेवी प्रेम संग्रौलाले आपफूहरूको आवाज संसदमा पुर्याउने उम्मेदवारलाई समर्थन गर्ने बताए ।

भर्जिनिया राज्यका लाउडन काउन्टी डलस जिल्लाका डेमोक्र्याटिक दलका सभापति तथा लेखा परीक्षक हरी शर्माले आप्रवासी नेपालीहरूको हितका लागि जन फाउस्टरको पक्षमा मत मागे । भर्जिनियाका लागि सिनेटरका उम्मेदवार मार्क वार्नर अनुपस्थिति रहेकोले उनको सन्देश प्रतिनिधि मार्फत सुनाईएको थियो ।

अतिथि तथा उम्मेदवार जन फाउस्ट तथा उनकी श्रीमतीलाई बिजयीको शुभकामनाको आशिष दिदै नेपाली महिला चेलीबेटीले खादा लगाई दिएका थिए ।  गायिका मीरा राणासमेतको उपस्थिति रहेको सो कार्यक्रममा प्रकृति देउजाले अमेरिकन राष्ट्रिय गीत गाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment