Comments Add Comment

साहलाई पत्रकार महासंघ यूकेको सहयोग

१४ कात्तिक, काठमाडौं । छातीमा गम्भीर संक्रमण भइ विरामी परेका पत्रकार श्रीलाल साहलाई नेपाल पत्रकार महासंघ यूके शाखाले ५१ हजार ८ सय ५० रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ ।

शाहको पाटन अस्पतालमा उपचार भइरहेको छ । पत्रकार महासंघ यूके शाखाले उपलब्ध गराएको सो आर्थिक सहयोग रकम महासंघको केन्द्रीय कार्यालय सञ्चारग्रममा आयोजित एक कार्यक्रमकाबीच महासंघ अध्यक्ष डा. महेन्द्र विष्टलाई यूके शाखाका सल्लाहकार भगिरथ योगीले हस्तान्तरण गरेका हुन् ।

वातावरण र दीगो विकासमा लामो समयदेखि सक्रियतापूर्वक कलम चलाउादै आएका पत्रकार साहको आर्थिक अवस्था कमजोर रहेकाले उनको निजी स्रोतबाट उपचार गराउन सम्भव नभएपछि महासंघले श्रीलाल बचाउन अभियान चलाएको अध्यक्ष विष्टले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष विष्टले महासंघको यो अभियानलाई सफल पार्न यूके शाखाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यका लागि आग्रह गरे ।

प्रवासमा श्रम गरेर बचेको समय पत्रकारितामा खर्चेर उत्साही युवाहरुले निर्माण गरेको यूके शाखाबाट यसअघि पनि महासंघको अभियानलाई साथ दिएको सल्लाहकार योगीले स्मरण गराए । सो सहयोग रकम संकलन गर्न शाखाका सदस्यहरुले सकृयता देखाएको शाखाका अध्यक्ष चिरन शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment