Comments Add Comment

‘प्रायश्चित’का लागि गाउँमा छाडियो हजार मुसा

ratएउटा गाउँमा हजार वटा मुसा लगेर छाडेको आरोपमा दुइजना मानिस पक्राउ परेका छन् । चीनको दक्षिणी ग्वाङ्गडोङ्ग प्रान्तस्थित एक दुर्गम गाउँमा हजारवटा मुसा लगेर छाड्ने दुइ जना पक्राउ परेका हुन् ।

गाउँमा एक्कासी सयौँ मुसा दौडिन थालेपछि गाउँलेहरु निकै आत्तिए । मुसालाई नियन्त्रण गर्न सय जना गाउँलेहरु धुरन्धर खटिए पनि । तर गाउँलेहरु मात्रैको केही लागेन । सरकारी स्वास्थ्य कार्यालयका अधिकारीहरुले मुसा मार्नका लागि विष नै छर्किनुपर्यो ।

जताततै मुसा दौडिन थालेपछि त्यसबाट आर्थिक र भौतिक क्षति मात्र होइन रोग समेत फैलिने खतरा भएपनि सरकारी अधिकारीहरुले विष हालेर मुसा मार्ने उपाय अपनाएका थिए ।

गाउँमा ल्याएर मुसा खन्याउने २ जना पक्राउ परेका र अरु तिन जना फरार रहेका बताइएको छ । उनीहरुले किन त्यो गाउँमा ल्याएर त्यतिधेरै मुसा छाडिदिए तथा त्यति ठूलो संख्यामा मुसा कहाँबाट संकलन गरे भन्ने कुराको पुष्टि हुन नसकेको भएपनि एक जना अभियुक्तले भने प्रायश्चितका लागि गाउँमा मुसा छाडिदिएको बताएका छन् । आफ्ना विरामी छिमेकी वृद्धको स्वास्थ्य सुधि्रने विश्वासमा आफुहरुले यसो गरेको उनको भनाइ छ ।

स्मरण रहोस् जनावरलाई प्राकृतिक वातावरणमा छाड्ने कामलाई चीनमा पवित्र काम मानिन्छ । तर घरेलु जनावर समेत जथाभावी प्राकृतिक वातावरणमा छाड्दा त्यसले प्राकृतिक पर्यावरणमै क्षति पूराउन थालेको भन्दै वातावरणविदहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment