Comments Add Comment

सार्क सम्मेलनलगत्तै एमाओवादी र मधेसवादीले सडक तताउने

22 dal tea (11)विपक्षी २२ दलले अायोजना गरेको विरोधसभामा सहभागीहरूको फाइल तस्वीर

३ मंसिर, काठमाडौं । सहमतिबाट संविधान नआउने निष्कर्षमा पुगेका एनेकपा माओवादी र मधेसी मोर्चाले सार्क सम्मेलनलगत्तै सडक आन्दोलन शुरु गर्ने भएका छन् ।

भारतीय संस्थापन पक्षले सार्कअघि राजनीतिक द्वन्द्व नगर्न सुझाव दिनु र विपक्षीहरुले सार्कपछि मात्रै आन्दोलन कार्यक्रम तय गर्नुलाई अनौठो संयोगका रुपमा लिइएको छ ।

बुधबार एमाओवादी र मधेसवादी दलका नेताहरुबीच भएको छलफलपछि कांग्रेस एमाले विरुद्ध सशक्त आन्दोलनमा जाने निर्णय भएको सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले बताए ।

सिंहदरबारमा मंगलबार बसेको गणतान्त्रिक गठबन्धनको बैठकले कांग्रेस एमालेसहितका दलहरुले संवाद समितिमा पेश गरेको बहुमत सदस्यको हस्ताक्षरलाई षडयन्त्र ठहर गर्दै अब सडक आन्दोलनबाटै झुकाउने निर्णय गरेको छ ।

समितिमा बुझाइएको प्रस्तावमा प्रधानमन्त्री सुशील कोइरालाले एक नम्बरमै हस्ताक्षर गरेकोमा समेत विपक्षी दलहरुले आपत्ति जनाएका छन् । ‘प्रधानमन्त्रीले एक नम्बरमा हस्ताक्षर गर्नुले यो सरकार समावेशीकरण, समानुपातिक प्रणाली, पहिचानसहितको संघीयता चाहँदैन भन्ने पुष्टि भएको छ’ महतोले भने ‘अब आन्दोलनको विकल्प छैन ।

आन्दोलनको कार्यक्रम भने सार्क सम्मेलनपछि मात्रै घोषणा हुने र आन्दोलन शान्तिपूर्ण हुने विपक्षी दलका नेताहरुले बताएका छन् ।

सार्कअगावै कूटनीतिक भेला

विपक्षी दलहरुले सार्कलगत्तै नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाएर कांग्रेस एमालेले संविधान बनाउन नचाहेको सन्देश सुनाउने भएका छन् ।

यसअघि कांग्रेस र एमालेले भने कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई भेटेर बि्रफिङ गरिकेका छन् ।

मंसिर ७ गते कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग छलफल गरी कांग्रेस एमालेको आरोपको खण्डन गर्ने नेताहरुले बताएका छन् ।

मोर्चाले कांग्रेस एमालेसहितका दलहरुले पेश गरेको साझा प्रस्तावलाई संविधानसभामा कुनै हालतमा नलैजान र उनीहरुको सामना गरेर अघि बढ्न संवाद समितिका सभापति बाबुराम भट्टराईलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोेस्

संविधानसभामा सुरु भयो दलहरुको कित्ताकाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment