+
+
Shares

संविधानमाथि ‘कु’ भयो, राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गरौं : तरुण दल

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते ७:४५
तरुण दल अध्यक्ष जितजंग बस्नेत

७ जेठ, काठमाडौं । संविधान माथि पटक–पटक ‘कु’ गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न नेपाली कांग्रेस सम्बन्ध तरुण दलले माग गरेको छ ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरी राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको भन्दै महाभियोग प्रस्तावबाट हटाउनुपर्ने बताएका छन् ।

‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत छ । संविधान विरुद्ध राष्ट्रपतिद्वारा फेरि घात भएको र यो संविधान विरुद्धको अपराध हो’ अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

‘राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर व्यवहार संचालन जस्ता देखिने गतिविधिहरु खेदजनक छ’ बस्नेतले लेखेका छन्, ‘राष्ट्रपतिज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’

यसैगरी नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर फेरि संविधानको खिल्ली उडाएको जनाएका छन् । उनले पछिल्लो राजनीतिक कदमलाई प्रतिगमनको संज्ञा दिएका छन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधान माथि जालसाजी र कु गरेका छन् र यो घोर अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी, अनैतिक र प्रतिगामी कदम हो, जुन कदापि क्षम्य हुँदैन’, महामन्त्री तिमल्सिनाले भनेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?