Comments Add Comment

युरोकपका लागि यस्तो छ रोनाल्डोसहितको पोर्चुगल टिम

७ जेठ काठमाडौं । साविक विजेता पोर्चुगलले अर्को महिनादेखि सुरु हुने युरोकप फुटबलका लागि टोली घोषणा गरेको छ । प्रशिक्षक फरनान्डो सान्तोसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित उत्कृष्ट फरवार्ड समेट्दै २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

२०१६ मा फ्रान्सलाई हराउँदै युरो च्याम्पियन बन्दा रोनाल्डोले चोटका कारण फाइनल पूरा खेल्न पाएका थिएनन् । पोर्चुगलका लागि १०३ गोल गरेका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न ६ गोलले मात्र टाढा छन् । इराकका अली दाईले १०९ गोल गरेका छन् ।

रोनाल्डोसँगै फरवार्ड लाइनमा एट्लेटिको मड्रिडबाट खेल्ने जाओ फेलिक्स म्यानचेष्टर सिटीका बर्नार्डो शिल्भा लिभरपुलका डिएगो जोटा एनट्राट फ्रांकफर्टमा आन्द्रे शिल्भा जस्ता खेलाडी छन् । अहिलेसम्म राष्ट्रिय टिममा नखेलेका पेड्रो गोनकाल्भ्स पनि टिममा समावेश छन् ।

यस्तै मिडपिल्डमा म्यानचेष्टर युनाइटेडमा उत्कृष्ट प्रदर्शन गरिरहेका ब्रुनो फर्नान्डेजसहित वल्भ्सबाट खेल्ने रुबेन नेभेस र जाओ माउटिन्हो लिलेका रेनाटो सान्चेज लगायत छन् । २०१६ मा रेनाटो उत्कृष्ट युवा खेलाडी घोक्षित भएका थिए ।

डिफेन्समा भेट्रान पेपेसहित हालै म्यानचेष्टर सिटाट प्रिमियर लिग जितेका रुबेन डियास र जाओ कान्सेलो लिलेका जोस फोन्ट बोरुसिया डर्टमण्डका राफेल गुरेइरो लगायत छन् । गोलकिपरमा पाँच वर्षअघि युरोकप जित्दा उत्कृष्ट प्रदर्शन गरेका रुई प्याट्रिसियो एन्टोनी लोपेज र रुइ शिल्भा छन् ।

पोर्चुगल यस पटक कठिन समूहमा रहेको छ । समूह एचमा पोर्चुगलसंगै साविक उपविजेता फ्रान्स, जर्मनी र हंगेरी रहेको छ ।

२६ सदस्यीय टिम

गोलकिपर : एन्टोनी लोपेज, रुइ फ्याट्रिसिओ, रुई शिल्भा

डिफेण्डर : जाओ कान्सेलो, नेल्सन सेमेडो, जोस फोन्ट, पेपे, रुबेन डियाज, नुनो मेन्डेज, राफेल गुरेइरा

मिडफिल्डर : डानिलो परेइरा, जाओ पाल्हिन्हा, रुबेन नेभेज, ब्रुनो फर्नान्डेज, जाओ माउटिन्हो, रेनाटो सान्चेज, सर्जिओ ओलिभिएरा, विलियम कार्भाल्हो

फरवार्ड : पेड्रो गोनकाल्भ्स, आन्द्रे शिल्भा, बर्नार्डो शिल्भा, क्रिस्टियानो रोनाल्डो, डिएगो जोटा, गोन्कालो गुएडेज, जाओ फेलिक्स, राफा शिल्भा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment