Comments Add Comment

६३ वर्षमा बिहे गर्ने रहर लाग्यो जीनतलाई

JINAT AMAN AN INDIAN ACTRESSमुम्बइ । सत्तरीको दशककी ‘हट एण्ड सेक्सी’ अभिनेत्री जीनत अमानले ६३ वर्षको उमेरमा पुनर्विवाहको रहर लागेको बताएकी छिन् । १९ नोभेम्बरदेखि उनी ६२ वर्ष पूरा भएर ६३ लागेकी छिन् ।

‘हो म विवाह गर्न चाहन्छु । अहिले मेरा दुबै छोरा ठूला भएर आफ्नै खुट्टामा उभिन सक्ने भएका छन्’ उनले भनिन् ।

अब आफूले छोराहरुको बारेमा सोच्नुपर्ने अवस्था नरहेको भन्दै उनले आफ्नो बारेमा सोच्ने समय आएको बताईन् ।

जीनतले सन् १९८५ मा अभिनेता मजहर खानसँग विवाह गरेकी थिईन् । सन् १९९८ मा खानको निधन भएको थियो ।

आफ्नो जिन्दगीको विषयमा कुनै गुनासो नभएको धारणा राख्ने जीनतले भनेजस्तो भूमिका नपाएका कारण पछिल्लो समय फिल्ममा सक्रिय नभएको बताउँछिन् ।

उनले ७० देखि ८० को विचमा ‘हरे राम हरे कृष्ण’, ‘यादों की बारात’, ‘डन’, ‘कुर्वानी’, ‘लावारिस’, ‘दोस्ताना’ जस्ता फिल्ममा अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment