Comments Add Comment

संविधानसभामा एक वर्षमा साढे ३४ करोड सकियो

BICC-Nepal

८ मंसिर, काठमाडौं । आगामी ८ माघमा संविधान आउने नआउने टुंगो छैन । तर, संविधानसभा अध्यक्ष, सभासद् र सचिवालयको तलब भत्तामा राज्यकोषको साढे ३४ करोड रुपैयाँ खर्च भइसकेको छ ।
संविधानसभा सचिवालयका अनुसार पहिलो बैठक बसेदेखि अहिलेसम्म ३४ करोड ५३ लाख १५ हजार रुपैयाँ खर्च भएकोछ । दोस्रो संविधानसभाको पहिलो बैठक गत वर्षको ८ माघमा बसेको थियो अघिल्लो संविधानसभाको चारवर्षे अवधिमा तीन अर्ब तीन करोड ४५ लाख रुपैयाँ खर्च भएको नयाँ पत्रिकामा खबर छ ।
‘यो रकम संविधानसभाको पहिलो बैठक बसेदेखिको खर्च हो,’ संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने । ६ सय एक सदस्यीय संविधानसभामा अहिले पाँच सय ९६ जना सदस्यमात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment