Comments Add Comment

जापानले बनाउँदैछ समुद्रमा तैरिने विचित्रको सहर (फोटो कथा)

japanese-spiral6
यो दुनियाँमा असम्भव भन्ने कुरा केही होइन रहेछ । प्रविधिमा चमत्कार गर्दै आएको जापानले फेरि अर्को चमत्कार देखाउँदैछ र समुद्रमा तैरिने एउटा सहरको निर्माण गर्दैछ ।

जापानका वैज्ञानिकहरुले समुद्रको लहरमाथि तैरिने एउटा सहर बसाउने योजना बनाएका छन् । यस्तो विलक्षण योजना सम्पन्न गराउने जिम्मेवारी लिएको छ, जापानको कम्पनी ब्लू स्काइले । सुन्दै कोरा कल्पना जस्तो लाग्ने यो परियोजनालाई सफल बनाउन ब्लु स्काइकम्पनीलाई टोक्यो विश्वविद्यालय र जापानको समुद्री तथा पृथ्वी विज्ञान एजेन्सीले सहयोग गर्नेछन् ।

कम्पनीका अनुसार सन् २०३० सम्ममा समुद्रमाथि तैरिने सहरको निर्माण भइसक्नेछ । उक्त सहरको नाम एटलान्टिस राखिनेछ ।

ग्लोब आकारको बाहिरी कवचभित्र रहने यो अत्याधुनिक सहरलाई छोप्ने गोलाकार कवचको निर्माण भने शिमीझु कम्पनीले गर्नेछ ।

यो अत्याधुनिक सहर साँच्चीकै विज्ञान प्रविधिको नयाँ वरदान हुनेछ । गोलाकार कवचभित्र रहने यो सहरमा बस्ने जिवहरुले उत्सर्जन गर्ने कार्वनडाइअक्साइडलाई अक्सिजनमा बदल्ने प्रविधि त्यहाँ हुनेछ ।

japanese-spiral2

त्यो सहरमा विजुली कहाँबाट लगिएला ? वास्तवमा समुद्रको तल्लो र माथिल्लो सतहबीचको तापक्रममा हुने भिन्नतालाई विद्युतीय शक्तिमा बदल्ने प्रविधिका माध्यमबाट सहरलाई पुग्ने विजुली उत्पादन हुनेछ ।

समुद्री तुफान आयो भने के गर्ने ? यसको पनि भरपर्दो र अनौठो उपाय छ । यदि समुद्रमा ज्वारभाटा आयो वा कुनै समुद्री तुफान आयो भने यो सहर समुद्रमुनि डुबुल्की मार्नेछ र ज्वार शान्त भएपछि सतहमा आउनेछ ।

५ सय मिटर परिधि भएको ग्लोबभित्र यो सहर रहनेछ । यसमा ५ हजार जनासम्म बासिन्दा हुनेछन् ।

यो सहर निर्माण गर्न २५ अर्ब डलर खर्च लाग्ने बताइएको छ ।

हेरौँ भविष्यको यो विचित्र सहरका केही ग्राफिक्स तस्वीरहरु

japanese-spiral3

japanese-spiral4

japanese-spiral7

japanese-spiral8

japanese-spiral9

japanese-spiral10

japan-spiral1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment